काठमाडौं, चैत ५ — कांग्रेस सभापति गगन थापा ले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। केन्द्रीय कार्यसमिति बैठकको मिति तय भएलगत्तै उनले उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएका हुन्।
फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टी तथा व्यक्तिगत रूपमा अप्रत्याशित पराजय व्यहोरेपछि थापाले राजीनामा दिएका हुन्। उनको राजीनामाबारे भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ।
‘अबकि बार, सय पार’ भन्ने नारा बनाएको कांग्रेस प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिटमा सीमित भएको छ। सभापति थापा स्वयं सर्लाही–४ बाट रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह सँग ठूलो मतान्तरले पराजित भएका थिए। सिंहले ३५ हजार ६८८ मत ल्याई विजयी हुँदा थापाले २२ हजार ८३१ मत प्राप्त गरेका थिए।
यसअघि पुस २७ देखि ३० सम्म भृकुटीमण्डपमा सम्पन्न कांग्रेस विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३४ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको थियो। माघ १ गते सम्पन्न महाधिवेशनबाट उनी सभापतिमा सर्वसम्मत निर्वाचित भएका थिए। उक्त प्रक्रियाको वैधानिकताबारे तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले दायर गरेको रिट हाल सर्वोच्च अदालत मा विचाराधीन छ।
फागुन २१ को निर्वाचनपछि पहिलो पटक बस्न लागेको भोलिको केन्द्रीय कार्यसमिति बैठकमा चुनावी समीक्षा तथा आगामी कार्यदिशाबारे समेत छलफल हुने जनाइएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी