logo

शनिबार, जेष्ठ ३० २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३० शनिबार

एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँले घट्यो

एकैदिन सुनको भाउ तोलामा १२ हजार ५ सय रुपैयाँले घट्यो


  • आइतबार, चैत्र ८ २०८२
  • 3.9K
    SHARES

    ८ चैत, काठमाडौं। आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कायम भएको छ।

    अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसरी हेर्दा, एक साताको अवधिमा मात्र सुनको भाउ २७ हजार ४ सय रुपैयाँले घटेको छ। गत आइतबार भने सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ रहेको थियो।

    यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

    अन्तर्राष्ट्रिय बजारका कारण पनि सुनको मूल्यमा उतारचढाव आएको देखिन्छ। तेलको मूल्य वृद्धि भएसँगै विभिन्न देशहरूले आयातका लागि बढी अमेरिकी डलर आवश्यक पारिरहेका छन्। यसले डलरको माग बढाएको छ। सुन बिक्रीमार्फत डलर संकलन बढ्न थालेपछि सुनको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

    यस्तै, तेलको मूल्य बढेसँगै विश्वभर मुद्रास्फीति पनि बढ्दो छ। यसले केन्द्रीय बैंकहरूलाई ब्याजदर बढाउन दबाब दिएको छ, जसका कारण सुन तथा चाँदीको मूल्यमा थप दबाब परेको छ।

    उता, चाँदीको भाउ पनि आइतबार घटेको छ। चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो।

    एक सातामा चाँदीको मूल्य ७३० रुपैयाँले घटेको छ। गत आइतबार चाँदी प्रतितोला ५ हजार २७० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, माघ १५ गते चाँदीको मूल्य हालसम्मकै उच्च ७ हजार ५०५ रुपैयाँ पुगेको थियो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page