काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को दाहिने घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ। बुधबार बिहान Auckland मा रहेको अस्पतालमा उनको शल्यक्रिया गरिएको हो।
अकल्यान्ड अस्पतालका डाक्टर साइमन र उनको टोलीले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको साम्बाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।
यसअघि कतारस्थित Aspetar मा उपचार गराउने योजना बनाएकी साम्बाले आर्थिक सहयोगको अपिलसमेत गरेकी थिइन्। तर मध्यपूर्व क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण त्यहाँ जान नसकिएको उनले बताएकी छन्। त्यसपछि विशेषज्ञहरूको सुझावअनुसार न्युजिल्यान्डमै शल्यक्रिया गरिएको हो।
उनले शल्यक्रिया सफल भएको र बिहीबारदेखि पुनर्स्थापना (रिहाब) प्रक्रिया सुरु हुने जानकारी दिएकी छन्। अवस्था सामान्य रहेमा आगामी दिनमा पुनः एस्पेटारमै रिहाबलाई निरन्तरता दिने योजना रहेको उनको भनाइ छ।
कठिन समयमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै उनले वेलिङटन र अकल्यान्डमा रहेका नेपाली समुदाय, आफ्नो क्लब Wellington Phoenix तथा व्यवस्थापन टोलीलाई विशेष धन्यवाद दिएकी छन्। समर्थकहरूको माया र सहयोगले आफूलाई पुनरागमनका लागि ऊर्जा मिलेको उनले उल्लेख गरेकी छन्।
सावित्रा गत पुसमा अष्ट्रेलियन लिग खेल्ने क्रममा घुँडामा चोट बोकेकी थिइन्। यसअघि पनि २०७८ सालमा एन्फा महिला लिग खेल्दा उनको दाहिने घुँडाको मांसपेशी च्यातिएको थियो, जुन चोट पुनः बल्झिएको हो।
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण
-
रास्वपाको गोरखाका सबै पालिकामा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशन जेठ २४ मा