काठमाडौं : प्रधानमन्त्री सुशिला कार्की धापासीस्थित निजी निवासमा सर्ने तयारीमा रहेकी छन्। शुक्रबार नयाँ प्रधानमन्त्रीलाई राष्ट्रपति भवनमा स्वागत गरेपछि उनी स्वतः पदमुक्त हुने र त्यसलगत्तै निजी निवासतर्फ लाग्ने बताइएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार आवश्यक सामान सार्ने काम लगभग सकिएको छ। “अब बालुवाटारमा दुई–तीन दिन बस्नलाई चाहिने सामान मात्र बाँकी छ, १३ गते नै धापासी सर्नुहुन्छ,” उनले जानकारी दिए।
उनका अनुसार करिब एक साताअघि नै सामान सार्न थालिएको थियो। नयाँ प्रधानमन्त्रीले शपथग्रहणपछि सिधै बालुवाटार प्रवेश गर्न चाहेमा उक्त निवास पूर्ण रूपमा खाली भइसक्ने पनि उनले बताए।
केही महिनादेखि खाली रहेको धापासीस्थित निजी घरमा फोहोर जमेकाले एक सातासम्म सफाइ गरिएको थियो। अहिले घर बस्न योग्य अवस्थामा पुगेको रावलले बताए।
प्रधानमन्त्रीका पति दुर्गा सुवेदी पनि हालसम्म बालुवाटारमै बस्दै आएका छन्। घर सफा गर्ने र सामान मिलाउने कामका लागि उनी पछिल्लो एक सातादेखि धापासी र बालुवाटारबीच ओहोरदोहोर गर्दै आएका छन्।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण