काठमाडौं : नेपाली सांगीतिक बजारमा नयाँ मर्मस्पर्शी गीत ‘राती भेट्न सपनीमा आउछु’ सार्वजनिक भएको छ। पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीतमा तयार भएको उक्त गीत हाल सार्वजनिक गरिएको हो।
गीतमा भिम बहादुर पौडेल र रमिला विश्वकर्माको स्वर रहेको छ। प्रेमी–प्रेमिकाबीच दिनमा भेट्न समाजले बाधा पुर्याउने र सपनीमा भेट्ने भावनात्मक कथालाई गीतमा प्रस्तुत गरिएको छ।
गीतको एरेञ्ज राकेश शोनीले गरेका हुन् भने मिक्सिङ मनोज डंगोलले गरेका छन्। भिडियोको निर्देशन, छायांकन तथा सम्पादन पनि प्रकाश बराईली ‘अभिव्यक्ति’ ले नै गरेका हुन्।
भिडियोमा सुजन सुर्खेती, आशा विश्वकर्मा, शिव पराजुली र शंकर बरालको अभिनय देख्न सकिन्छ। उक्त गीत प्रकाश बराईली ‘अभिव्यक्ति’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण