काठमाडौं : नेपाली सांगीतिक बजारमा नयाँ मर्मस्पर्शी गीत ‘राती भेट्न सपनीमा आउछु’ सार्वजनिक भएको छ। पत्रकार प्रकाश बराईली ‘अभिव्यक्ति’ को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीतमा तयार भएको उक्त गीत हाल सार्वजनिक गरिएको हो।
गीतमा भिम बहादुर पौडेल र रमिला विश्वकर्माको स्वर रहेको छ। प्रेमी–प्रेमिकाबीच दिनमा भेट्न समाजले बाधा पुर्याउने र सपनीमा भेट्ने भावनात्मक कथालाई गीतमा प्रस्तुत गरिएको छ।
गीतको एरेञ्ज राकेश शोनीले गरेका हुन् भने मिक्सिङ मनोज डंगोलले गरेका छन्। भिडियोको निर्देशन, छायांकन तथा सम्पादन पनि प्रकाश बराईली ‘अभिव्यक्ति’ ले नै गरेका हुन्।
भिडियोमा सुजन सुर्खेती, आशा विश्वकर्मा, शिव पराजुली र शंकर बरालको अभिनय देख्न सकिन्छ। उक्त गीत प्रकाश बराईली ‘अभिव्यक्ति’ को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
कोरियन ब्यूटी स्किल अब नेपालमै, ओपाल ग्लोबल स्किल्स एकेडेमीले ल्यायो नयाँ तालिम