काठमाडौं — प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा कार्यभार सम्हालेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलबाट आजै शपथ लिएपछि केसीले संसद् सचिवालयमा औपचारिक रूपमा जिम्मेवारी सुरु गरेका हुन्। प्रतिनिधिसभा सदस्यको हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार गठन तथा संसद्को अधिवेशन आह्वानको तयारी भइरहेका बेला ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा कार्यभार सम्हालेका हुन्।
संसद् सचिवालयका उच्च अधिकारीहरूले उनलाई स्वागत गरेका थिए। भोलि बिहीबार ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभाका नवनिर्वाचित २७४ जना सदस्यलाई शपथ गराउने कार्यक्रम रहेको छ। नयाँ सभामुख निर्वाचित नभएसम्म केसीले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन्।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी