काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज दिउँसो ४ बजे केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकपछि संसदीय दलको बैठक बस्दै नेता चयन गरिनेछ।
बैठकमा संसदीय दलको नेता छनोटसहित विविध एजेन्डामाथि छलफल हुने रास्वपाले जनाएको छ।
नवनिर्वाचित सांसदहरूले आज सिंहदरबारस्थित संसद भवनमा पद तथा गोपनीयताको शपथग्रहण गरेपछि पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठकमार्फत संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई चयन गर्ने तयारी गरेको बताइएको छ।
संसदीय दलको नेता चयन भएपछि पार्टीले राष्ट्रपति कार्यालय नेपालमा संविधानको धारा ७१ (१) बमोजिम गठन हुने सरकारका लागि प्रधानमन्त्रीको नाम पठाउने तयारी गरेको छ।
आजै संसदीय दलको नेता चयन भएमा भोलि शुक्रबार बालेनले प्रधानमन्त्री पदको शपथ लिने तयारीसमेत गरिएको स्रोतले जनाएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण