काठमाडौँ । बालेन शाह नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलले दिएका छन्।
नियुक्तिपछि शाहले आजै शुभ साइतमा प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा शपथ ग्रहण समारोह हुने तयारी गरिएको छ।
नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठनको प्रक्रिया अगाडि बढाइएको हो। शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, नागरिक समाजका सदस्यहरू तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ।
प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि आजै शपथ गराइने तयारी रहेको बुझिएको छ।
-
तीन जिल्लाको भूगोल, इतिहास र मातृभूमिको प्रेम समेट्दै रामचन्द्र ढकालको ‘स्याङ्जाको बजार–२, म्हाँजु भञ्ज्याङ’ सार्वजनिक
-
धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ आउटलेट, पहिलो १०० ग्राहकलाई विशेष अफर
-
रेडियोको माइक्रोफोनदेखि कमेडीको मञ्चसम्म : गोरखाका आशिष न्यौपानेको यात्रा
-
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
-
ताकुकोट न्वागी मेला मंसिर ५ र ६ गते, बल्छी ध्रुवेसहित चर्चित कलाकारहरुको भव्य प्रस्तुति रहने