logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ


  • आइतबार, चैत्र १५ २०८२
  • 3.5K
    SHARES

    काठमाडौं, १५ चैतदीपक खड्का पक्राउ परेका छन्। नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री खड्कालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) स्रोतका अनुसार उनलाई हाल अनुसन्धानका लागि पक्राउ गरिएको हो।

    खड्का लैनचौरस्थित नेपाल स्काउट को जग्गा विवादमा पनि मुछिएका छन्। उक्त जग्गा भाडामा लिएर प्रयोग गरे पनि भाडा नतिरेको आरोप उनीमाथि लागेको छ। नेपाल स्काउटले सो जग्गा खाली गराउन र करिब ५ करोड ४१ लाख रुपैयाँ भाडा असुल गर्न राज्य व्यवस्था तथा सुशासन समितिसँग सहयोग मागेको थियो।

    यसैबीच, ‘जेनजी आन्दोलन’का क्रममा खड्काको बुढानीलकण्ठस्थित निवासमा आगजनी भएको थियो। आगलागीका बेला घरबाट पैसा उडेको देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीमाथि थप छानबिनको माग उठेको थियो। त्यसपछि केही समय उनी सम्पर्कविहीन समेत भएका थिए।

    राजनीतिक पृष्ठभूमिका हिसाबले, खड्का २०७९ सालको निर्वाचनमा संखुवासभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। २०८० सालमा तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा ले उनलाई पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

    ऊर्जा मन्त्रीका रूपमा कार्यरत रहँदा खड्का र कुलमान घिसिङ बीच विवाद चर्किएको थियो। सो क्रममा खड्काले नेपाल विद्युत् प्राधिकरणभित्र ‘मन्त्री कार्यकक्ष’ स्थापना गराएका थिए, जसले थप विवाद निम्त्याएको थियो।

    स्काउटको जग्गा विवाद चर्किँदै जाँदा काठमाडौं महानगरपालिकाले उक्त स्थानमा डोजर प्रयोग गरी संरचना हटाएको थियो। त्यसबेला महानगरपालिकाका मेयर बालेन शाह थिए।

    हालैको राजनीतिक घटनाक्रमअनुसार, प्रतिनिधि सभा निर्वाचनपछि बालेन शाह प्रधानमन्त्री नियुक्त भएको दुई दिनमै खड्काको पक्राउ भएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page