काठमाडौं — पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि भएको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलमा १५–१५ रुपैयाँले मूल्य बढाएको हो।
नयाँ समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम करिब २०२ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य करिब १८२ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको तथा भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो।
मूल्यवृद्धिसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण