logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

नगरकोट दोहोरी साँझले २८औँ वार्षिकोत्सव मनाऊदै

नगरकोट दोहोरी साँझले २८औँ वार्षिकोत्सव मनाऊदै


  • शनिबार, चैत्र २१ २०८२
  • 7.6K
    SHARES

    काठमाडौं — ठमेलस्थित नर्सिङ चोकमा रहेको चर्चित पारिवारिक दोहोरी स्थल नगरकोट दोहोरी साँझले आफ्नो २८औँ वार्षिकोत्सव चैत्र २२ र २३ गते मनाउने भएको छ।

    नेपाली कला, संस्कृति, लोक दोहोरी, लोकगीत तथा परम्परागत भेषभूषाको संरक्षण र प्रवर्द्धन गर्दै आएको यस दोहोरी साँझले देश–विदेशका पर्यटकलाई नेपाली मौलिक संस्कारसँग परिचित गराउँदै आएको छ।

    यस मञ्चबाट पशुपति शर्मा, रामजी खाँड, राजु गुरुङ, रमेशराज भट्टराई, रबिन लामिछाने, शान्ति श्री परियार, सम्झना लामिछाने, टीका सानु, अस्मिता डल्लाकोटी, दिला बिक, सुमन थापा मगर, अमृता लामिछाने तथा शिव परियारलगायतका धेरै कलाकारहरूले आफ्नो कला यात्रा सुरु गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचय बनाउन सफल भएका छन्।

    वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक पुर्षोतम न्यौपाने रहनेछन्। नगरकोट दोहोरी साँझका संचालक विनोद श्रेष्ठका अनुसार वार्षिकोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ।

    “लोकसंगीतको संरक्षण र प्रवर्द्धनमा हामी निरन्तर लागिरहेका छौँ, यो वार्षिकोत्सवले हाम्रो यात्रालाई अझ ऊर्जा दिनेछ,” श्रेष्ठले बताए।

    स्थापनादेखि नै नेपाली लोकसंस्कृतिको संरक्षण र कलाकार उत्पादनमा योगदान दिँदै आएको यो दोहोरी साँझले सांस्कृतिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page