गोरखा — गोरखामा लोप हुन लागेको मौलिक लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले खुल्ला ठाडो भाका प्रतियोगिता आयोजना हुने भएको छ। ठाडो भाका संरक्षण तथा प्रवर्द्धन समिति गोरखाको आयोजनामा वैशाख ११ र १२ गते रानीपोखरीमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
समितिका अध्यक्ष पृथ्वी गुरुङका अनुसार गाउँघरमा लुकेर रहेका प्रतिभाहरूलाई उजागर गर्दै ठाडो भाकाको संरक्षण र नयाँ पुस्तामा यसको आकर्षण बढाउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो। “मौलिक लोक संस्कृतिको जगेर्ना गर्दै नयाँ प्रतिभालाई अवसर दिन यो कार्यक्रम ल्याएका हौं,” उनले बताए।
प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ। उत्कृष्ट प्रदर्शन गर्ने कलाकारहरूलाई प्रथम ८० हजार, द्वितीय ५० हजार, तृतीय ३० हजार र उत्कृष्टलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। सहभागी कलाकारहरूका लागि खाना तथा बसोबासको समेत व्यवस्था गरिनेछ।
कार्यक्रममा गोरखा उद्योग वाणिज्य संघ संरक्षक तथा प्रवर्द्धकको रूपमा रहेको छ भने सिद्ध बौद्ध समाज, हरमटारी बराह समूह, जागृति महिला समूह, सतल चौतारी महिला समूह, गोरखा जेसीज र पृथ्वी सांस्कृतिक परिवारलगायत संस्थाहरूको सहयोग रहनेछ।
मौलिक नेपाली लोक संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वाससहित आयोजना गर्न लागिएको उक्त प्रतियोगितामा विभिन्न स्थानबाट कलाकारहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी