गोरखा — पालुङटार नगरपालिकाले आगामी मेयरकप (9A साइड) फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। नगरपालिकाको आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
नगरपालिकाका अनुसार वडा नं. १ देखि १० सम्मका प्रत्येक वडाबाट एक–एक टिम सहभागी हुनेछन्। प्रतियोगिताका लागि टिम दर्ता २०८३ साल वैशाख २ गतेसम्म गर्न सकिने व्यवस्था गरिएको छ। दर्ताका क्रममा खेलाडीको फोटो, नागरिकता र सम्बन्धित वडा कार्यालयको सिफारिसपत्रसहित शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिनुपर्नेछ।
प्रतियोगिताको टाइ-सिट वैशाख ३ गते बिहान १० बजे सार्वजनिक गरिनेछ भने खेलहरू वैशाख ४ र ५ गते सञ्चालन गरिने छन्। खेलहरू माझाटार खेल मैदान, ठाटीपोखरीमा आयोजना गरिने जनाइएको छ।
पुरस्कारतर्फ प्रथम हुने टिमलाई नगद रु ६०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई नगद रु ४०,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ।
यसका साथै प्रत्येक वडालाई टिम व्यवस्थापनका लागि रु १५,००० उपलब्ध गराइने नगरपालिकाले जनाएको छ। प्रत्येक टिममा १३ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना व्यवस्थापकसहित कुल १५ जनाको टोली रहनेछ।
नगरपालिकाले यस प्रतियोगिताले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ, अनुशासित र सक्रिय समाज निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण