गोरखा — राष्ट्रिय युवा संघ नेपालको चौथो पूर्ण बैठकले गोरखाका किरण ढकाललाई गण्डकी प्रदेश कमिटीको सचिवमा चयन गरेको छ।
ढकाल यसअघि राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको सहसचिवको जिम्मेवारीमा रहेका थिए। संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनलाई पूर्ण बैठकले सचिवको जिम्मेवारी दिएको हो।
सचिवमा चयन भएपछि ढकालले संगठनले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै युवालाई संगठित गर्ने, संगठनलाई थप सशक्त बनाउने तथा पार्टीका नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालको चौथो पूर्ण बैठकले प्रदेश कमिटीलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यका साथ विभिन्न जिम्मेवारी हेरफेर तथा पदपूर्ति गरेको जनाएको छ। गण्डकी प्रदेश कमिटीको सचिवमा ढकालको चयनलाई संगठन सुदृढीकरणका लागि महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
गायक राजन भुजेलले ल्याए पञ्चेबाजा गीत म जन्मेको ठाउँ: भिडियोमा सफल र हर्षिता