गोरखा — राष्ट्रिय युवा संघ नेपालको चौथो पूर्ण बैठकले गोरखाका किरण ढकाललाई गण्डकी प्रदेश कमिटीको सचिवमा चयन गरेको छ।
ढकाल यसअघि राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको सहसचिवको जिम्मेवारीमा रहेका थिए। संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनलाई पूर्ण बैठकले सचिवको जिम्मेवारी दिएको हो।
सचिवमा चयन भएपछि ढकालले संगठनले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै युवालाई संगठित गर्ने, संगठनलाई थप सशक्त बनाउने तथा पार्टीका नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय युवा संघ नेपालको चौथो पूर्ण बैठकले प्रदेश कमिटीलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यका साथ विभिन्न जिम्मेवारी हेरफेर तथा पदपूर्ति गरेको जनाएको छ। गण्डकी प्रदेश कमिटीको सचिवमा ढकालको चयनलाई संगठन सुदृढीकरणका लागि महत्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा