logo

आइतबार, साउन १० २०८३

kantipurpationlinetv

२०८३ साउन १० आइतबार

तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण

तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण


  • आइतबार, साउन १० २०८३
  • 5.8K
    SHARES

    काठमाडौं। महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा नयाँ तीज गीत सार्वजनिक हुने क्रम जारी छ। यही अवसरमा सर्जक नेत्रबन्धु पोख्रेलको मौलिक तीज विशेष गीत ‘नाच्ने आजै हो’ एक विशेष लोकार्पण समारोहबीच सार्वजनिक गरिएको छ।

    लोकार्पण समारोहमा डा. ध्रवराज भट्टराईको सभापतित्व तथा प्रोफेसर एवं संस्कृतिविद् डा. बिणा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वरिष्ठ पत्रकार तथा समालोचक पुरुषोत्तम दाहाल, साहित्यकार राधेश्याम लेकाली, नेपाल प्रज्ञा–प्रतिष्ठानकी सह–सचिव सन्ध्या पहारी, चलचित्र निर्देशक राजेन्द्र केसी, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमलगायत कलाकार, पत्रकार र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन डा. विदुर वस्तीले गरेका थिए भने स्वागत मन्तव्य नेत्रबन्धु पोख्रेलले व्यक्त गरेका थिए।

    ‘नाच्ने आजै हो’ गीतमा चर्चित गायिका मनमाया वाइबाको स्वर रहेको छ। गीतका शब्द नेत्रबन्धु पोख्रेल, संगीत शेष नारायण पोख्रेल, एरेञ्ज तथा मिक्सिङ हेमराज डाँगीले गरेका छन्। सामूहिक गायनमा कमला पोख्रेल र संगी अधिकारी पोख्रेलले साथ दिएका छन्।

    गीतको भिडियो सुरज खनालको निर्देशन, नवीन पौडेलको कोरियोग्राफी, सागर खड्काको छायांकन तथा विनोद बमको सम्पादनमा तयार गरिएको हो। भिडियोमा आस्था न्यौपाने, गोमा न्यौपाने, नेत्रबन्धु पोख्रेल, कमला पोख्रेल र डा. विदुर वस्तीको अभिनय रहेको छ भने बाल कलाकारका रूपमा सृष्टि पोख्रेल र आराभ पौडेल देखिएका छन्।

    गीतमार्फत विगतमा तीज कसरी मनाइन्थ्यो, महिलाहरूको परम्परागत संस्कृति, भेषभूषा, नाचगान र सामाजिक सद्भावलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। तडकभडकभन्दा मौलिकपनलाई प्राथमिकता दिइएको यस गीतले नेपाली तीजको वास्तविक स्वाद झल्काउने प्रयास गरेको निर्माण पक्षको भनाइ छ।

    ‘नाच्ने आजै हो’ गीत ‘नेत्रबन्धु मिडिया’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page