काठमाडौं । तीज नजिकिँदै गर्दा गायिका निशा सुनारले नयाँ तीज गीत ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक गरेकी छन् । निशा सुनार र प्रकाश सपुतको स्वर रहेको गीतमा प्रकाश सपुतकै शब्द तथा संगीत रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा प्रकाश सपुत, निरुता सिंह र विन्दु बोहराको नृत्य देख्न सकिन्छ भने गायिका निशा सुनार पनि विशेष भूमिकामा प्रस्तुत भएकी छन् । सुनिल विकको निर्देशनमा तयार भएको भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी, हरि हुमागाईंको डीओपी तथा प्रवीण भट्टको सम्पादन रहेको छ ।
यस गीतमार्फत गायक तथा मोडल प्रकाश सपुत र उनकी श्रीमती विन्दुले पहिलोपटक एकसाथ म्युजिक भिडियोमा काम गरेका छन् । भिडियोमा उनीहरूको जोडीको केमेस्ट्रीलाई दर्शकले विशेष रूपमा रुचाउने अपेक्षा गरिएको छ ।
महिलाहरूको महान पर्व हरितालिका तीजलाई लक्षित गरी तयार पारिएको गीत सनिशा फिल्म्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी
-
मौसम सुधार नभएसम्म यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह
-
इन्स्पेक्टर प्रदीप सुवेदी गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी