काठमाडौं । गायक वसन्त थापा र गायिका अञ्जिता विश्वकर्माको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘बैंशैमा नगरकोट’ सार्वजनिक भएको छ । सार्वजनिक भएको छोटो समयमै गीतले श्रोता–दर्शकको ध्यान खिच्न थालेको छ ।
नवराज पन्तको शब्द, वसन्त थापाको संगीत र निराक थापाको संगीत संयोजन रहेको गीतमा युवावस्थादेखि बुढ्यौलीसम्मका जीवनका विभिन्न चरणलाई प्रेम र रमाइलोसँग प्रस्तुत गरिएको छ । गीतको भिडियोमा सुरेश कोहोली र जुना विश्वकर्माले अभिनय गरेका छन् ।
प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा नगरकोटसहित काठमाडौं उपत्यकाका प्राकृतिक तथा ऐतिहासिक दृश्य समेटिएका छन् । भिडियोमा कलाकारहरूलाई युवावस्थाको रोमान्टिक जोडीदेखि वृद्ध दम्पतीको भूमिकासम्म प्रस्तुत गरिएको छ ।
यसअघि नवराज पन्त र वसन्त थापाको सहकार्यमा बनेको चर्चित गीत ‘सालको पात’ले लोकप्रियता कमाएको थियो । यही जोडीको पुनः सहकार्य भएकाले ‘बैंशैमा नगरकोट’लाई पनि श्रोता–दर्शकले चासोका साथ हेरिरहेका छन् ।
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी
-
मौसम सुधार नभएसम्म यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह
-
इन्स्पेक्टर प्रदीप सुवेदी गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी