काठमाडौं । गायक वसन्त थापा र गायिका अञ्जिता विश्वकर्माको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘बैंशैमा नगरकोट’ सार्वजनिक भएको छ । सार्वजनिक भएको छोटो समयमै गीतले श्रोता–दर्शकको ध्यान खिच्न थालेको छ ।
नवराज पन्तको शब्द, वसन्त थापाको संगीत र निराक थापाको संगीत संयोजन रहेको गीतमा युवावस्थादेखि बुढ्यौलीसम्मका जीवनका विभिन्न चरणलाई प्रेम र रमाइलोसँग प्रस्तुत गरिएको छ । गीतको भिडियोमा सुरेश कोहोली र जुना विश्वकर्माले अभिनय गरेका छन् ।
प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा नगरकोटसहित काठमाडौं उपत्यकाका प्राकृतिक तथा ऐतिहासिक दृश्य समेटिएका छन् । भिडियोमा कलाकारहरूलाई युवावस्थाको रोमान्टिक जोडीदेखि वृद्ध दम्पतीको भूमिकासम्म प्रस्तुत गरिएको छ ।
यसअघि नवराज पन्त र वसन्त थापाको सहकार्यमा बनेको चर्चित गीत ‘सालको पात’ले लोकप्रियता कमाएको थियो । यही जोडीको पुनः सहकार्य भएकाले ‘बैंशैमा नगरकोट’लाई पनि श्रोता–दर्शकले चासोका साथ हेरिरहेका छन् ।
-
टप दरबार रोधी क्लबका सञ्चालक अशोक गिरीलाई ‘उत्कृष्ट दोहोरी साँझ व्यवसायी सम्मान’
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा