काठमाडौं । गायिका शान्ति श्रीस मगरको नयाँ लोकदोहोरी गीत ‘लाउरेनीलाई मस्ती’ सार्वजनिक भएको छ। सुरेश राना मगरको शब्द तथा लय सिर्जनामा तयार भएको गीतमा शान्ति श्रीस मगर, शान्ता रानी परियार र विजय पुनको स्वर रहेको छ। एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको रेकर्डिङ वान डीबीएचडी रेकर्डिङ स्टुडियोमा गरिएको हो।
लोकप्रिय कलाकार विजय पुनको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको म्युजिक भिडियोमा विजय पुन, सजना गुरुङ, चाहना राना मगर र अनुप बुढामगरको अभिनय देख्न सकिन्छ। बुद्ध थापा एन्ड टिमले छायांकन गरेको भिडियोको सम्पादन राजकुमार मगरले गरेका हुन्।
‘लाउरेनीलाई मस्ती’ गितमा लाहुरे श्रीमान् र सम्पन्न जीवनशैलीलाई रमाइलो तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। गीतका शब्दमा लाहुरेकी श्रीमतीको जीवन, आर्थिक सम्पन्नता र वैवाहिक जीवनसँग जोडिएका रमाइला प्रसंगलाई समेटिएको छ। गीत सार्वजनिक भएसँगै युट्युब, टिकटक र फेसबुक रिल्समा समेत चर्चा बटुलिरहेको छ।
पोखरामा बसेर आफ्नै व्यवसाय सञ्चालन गर्दै आएकी गायिका शान्ति श्रीस मगरले व्यवसायसँगै आफ्नो सांगीतिक यात्रालाई पनि निरन्तरता दिँदै आएकी छन्। उनका ‘फूलजस्तै मेरो जोवन’, ‘जुन तारा’, ‘गल्छी झरेसी’, ‘बसे पर्खेर’, ‘बिहेभन्दा पहिले’, ‘न त जुन राम्रो’, ‘जोडी सुगा’ र ‘यूके बस्ने दाइ’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन्।
विशेषगरी ‘यूके बस्ने दाइ’ गीतले शान्तिलाई थप चर्चामा ल्याएको छ। केही दिनअघि सम्पन्न ९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०८३मा सोही गीतबाट उनले ‘उत्कृष्ट लोक तथा दोहोरी नवगायिका’को अवार्डसमेत प्राप्त गरेकी थिइन्। ‘यूके बस्ने दाइ’ अहिले करोड क्लबको नजिक पुगेको बताइएको छ।

नयाँ गीत ‘लाउरेनीलाई मस्ती’ भने गायिका शान्ति श्रीस मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा रहेको रमाइलो शब्द, लय र कलाकारहरूको अभिनयका कारण सार्वजनिक भएयता दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
-
९औँ राष्ट्रिय लोकदोहोरी अवार्डलाई सहयोग गर्नेलाई सम्मान, संगीत र प्रविधिबारे अन्तरक्रिया
-
मुग्लिङ बजारमा गीत विमोचनसँगै कलाकार तथा सञ्चारकर्मीहरु सम्मानित
-
भदौ महिनाको उत्कृष्ट प्रहरी बने प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी
-
मौसम सुधार नभएसम्म यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह
-
इन्स्पेक्टर प्रदीप सुवेदी गण्डकी प्रदेशकै उत्कृष्ट प्रहरी