कञ्चनपुर — गोल्डेन ब्रिज पब्लिक स्कूल ले शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्ने मिति तय गरेको छ।
विद्यालय प्रशासनका अनुसार नतिजा २०८२ चैत ३० गते सोमबार बिहान ठीक १० बजे विद्यालय परिसरस्थित सूचना पाटीमार्फत सार्वजनिक गरिनेछ। विद्यार्थी तथा अभिभावकलाई तोकिएको समयमा उपस्थित भई नतिजा अवलोकन गर्न आग्रह गरिएको छ।
यससँगै विद्यालयले नयाँ शैक्षिक सत्र २०८३ का लागि भर्ना अभियान पनि औपचारिक रूपमा सुरु गरेको जनाएको छ। गुणस्तरीय शिक्षा, अनुशासित वातावरण तथा आधुनिक शिक्षण विधिमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिँदै आएको विद्यालयले नयाँ भर्नाका लागि अभिभावक तथा विद्यार्थीलाई आकर्षित गरेको छ।
विद्यालयमा दक्ष तथा अनुभवी शिक्षकद्वारा पठनपाठन, प्रविधिमैत्री कक्षा कोठा, नियमित अतिरिक्त क्रियाकलाप, व्यक्तित्व विकास कार्यक्रम, मनोपरामर्श सेवा, खेलकुद तथा सांस्कृतिक गतिविधिमा विशेष जोड दिइँदै आएको छ। साथै, विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विभिन्न सीपमूलक कार्यक्रम र व्यक्तिगत ध्यान (individual care) को व्यवस्था पनि गरिएको विद्यालयले जनाएको छ।
सुरक्षित तथा शैक्षिक वातावरण, नियमित मूल्यांकन प्रणाली र अभिभावक–विद्यालय समन्वयमार्फत विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा प्रतिबद्ध रहेको विद्यालयले समयमै भर्ना भई अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।
विद्यालय प्रशासनले सबै विद्यार्थीहरूको सफलताको कामना गर्दै नतिजा हेरेपछि ढिला नगरी भर्ना प्रक्रियामा सहभागी हुन अभिभावक तथा विद्यार्थीलाई अनुरोध गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण