काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत विवरण सार्वजनिक गरेको जनाइएको छ।
सम्पत्ति विवरणअनुसार शाहकी आमा ध्रुवदेवी शाहको नाममा काठमाडौं वडा नं ९ मा ५ आना जग्गा तथा धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख छ। त्यस्तै बुवा रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ।
शाहले आफ्नी श्रीमतीसँग १ सय ९० तोला सुन रहेको उल्लेख गरेका छन्। उक्त सम्पत्तिको स्रोत पैतृक भएको बताइएको छ।
त्यसैगरी प्रधानमन्त्री शाहको बैंक खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ। उनले आफ्नो आम्दानीको स्रोत फेसबुक, युट्युब र स्पोटिफाइ रहेको पनि खुलाएका छन्।
यसका साथै उनले फेसबुक, युट्युब र ट्विटरमा रहेका आफ्ना फलोअर संख्या समेत अन्य सम्पत्तिका रूपमा विवरणमा उल्लेख गरेका छन्।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी