लमजुङ, ३ वैशाख । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आगामी शैक्षिक सत्र २०८३ को कार्यतालिका सार्वजनिक गरेको छ । गाउँ शिक्षा समिति, परीक्षा समिति र प्रधानाध्यापकहरूको संयुक्त बैठकले शैक्षिक सत्र २०८३ लाई व्यवस्थित बनाउन विभिन्न निर्णयहरू गर्दै कार्यतालिका सार्वजनिक गरेको हो ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा बसेको बैठकले आगामी वैशाख ७ गतेदेखि ‘विद्यार्थी भर्ना तथा घरदैलो अभियान’ सुरु गर्ने निर्णय गरेको छ । अभियानका क्रममा विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरिने र अभिभावकहरूसँगको भेटघाटलाई सहज बनाउन बिहान र बेलुकाको समयमा घरदैलो कार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक तालिका अनुसार वैशाख ८ र ९ गते विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको संयुक्त बैठक बसी विद्यार्थी सिकाइ सुधार सम्बन्धी योजना निर्माण गरिनेछ । त्यस्तै, वैशाख १० र ११ गते वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना निर्माणका साथै शिक्षकहरूले पाठयोजना तयार गरी विद्यालयमा पेस गर्नुपर्नेछ ।
गाउँपालिकाले सबै विद्यालयहरूलाई वैशाख १४ गतेदेखि अनिवार्य रूपमा नियमित पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ ।
गाउँपालिका अध्यक्ष गुरुङले जारी गरेको प्रेस विज्ञप्तिमा सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरूलाई आ-आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्न आग्रह गरिएको छ । ‘समृद्ध, आधुनिक र हराभरा मर्स्याङ्दी’ को नारालाई सार्थक बनाउन शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी