काठमाडौं । सुनसरीमा भएको धार्मिक सद्भावमा असर पार्ने घटनापछि गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्।
सोमबार बिहान गृह मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र सशस्त्र प्रहरी बलका महानिरीक्षकसँग घटनाबारे छलफल गरेका गृहमन्त्री गुरुङले साँझ केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान गरेका हुन्।
आइतबार राति भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर सुनसरीको कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको थियो। त्यसपछि उत्पन्न सुरक्षा अवस्था, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्ने उपाय तथा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने दीर्घकालीन रणनीतिबारे बैठकमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयकी सूचना अधिकारी तथा उपसचिव रमा आचार्य सुवेदीका अनुसार भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक नीतिगत तथा सुरक्षा उपायबारे बैठकमा छलफल भएको छ।
यसैबीच, गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। समितिले घटनाको सत्यतथ्य अध्ययन गरी प्रतिवेदन पेश गर्नेछ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा