काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले धन्सार घर पुरिँदा बुबा र छोरीको मृत्यु भएको छ। घटनामा आमा र अर्की छोरी घाइते भएका छन्।
मंगलबार बिहान करिब २ः३० बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सारमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
पहिरोमा पुरिएर ५१ वर्षीय टिकाबहादुर विक र उनकी कान्छी छोरी १५ वर्षीया बिनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा टिकाबहादुरकी श्रीमती ५० वर्षीया सुकमाया विक र जेठी छोरी १६ वर्षीया अस्मिता विक घाइते भएका छन्। उनीहरूको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक
-
गायक राजन भुजेलले ल्याए पञ्चेबाजा गीत म जन्मेको ठाउँ: भिडियोमा सफल र हर्षिता