काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले धन्सार घर पुरिँदा बुबा र छोरीको मृत्यु भएको छ। घटनामा आमा र अर्की छोरी घाइते भएका छन्।
मंगलबार बिहान करिब २ः३० बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएपछि आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सारमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
पहिरोमा पुरिएर ५१ वर्षीय टिकाबहादुर विक र उनकी कान्छी छोरी १५ वर्षीया बिनिता विकको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा टिकाबहादुरकी श्रीमती ५० वर्षीया सुकमाया विक र जेठी छोरी १६ वर्षीया अस्मिता विक घाइते भएका छन्। उनीहरूको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा