गोरखा, ३ वैशाख । गोरखाको पालुङटार नगरपालिकाले केन्द्र सरकारको कार्यतालिका भन्दा अगाडि नै शैक्षिक सत्र २०८३ को भर्ना अभियान र पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैशाख १५ देखि भर्ना र २१ देखि पठनपाठन सुरु गर्ने निर्णय गरेतापनि पालुङ्टारले भने स्थानीय आवश्यकता अनुसार परिमार्जित समय तालिका सार्वजनिक गरेको हो।
नगर शिक्षा समिति र नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरूको संयुक्त बैठकले वैशाख ४ गतेदेखि नै भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख विवस चिन्तनद्वारा जारी सूचनामा उल्लेख छ।
नगरपालिकाको निर्णय अनुसार वैशाख १० गतेदेखि नै नियमित पठनपाठन सुरु हुनेछ। पाठ्यक्रमले तोकेको पाठ्यभार मिलान गर्नका लागि नगरपालिकाले एउटा विशेष नियम पनि ल्याएको छ। जसअनुसार विद्यालयको अनुकूल समयमा सोमबारदेखि शुक्रबारसम्म दैनिक १ घण्टा अतिरिक्त समय थप गरी कक्षा सञ्चालन गर्नुपर्नेछ।
नेपालको संविधान र प्रचलित कानुनले आधारभूत तथा माध्यमिक तहको शिक्षा व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएकाले सोही अधिकार प्रयोग गरी यो निर्णय गरिएको नगरपालिकाले स्पष्ट पारेको छ।
नगर प्रमुख विवस चिन्तनले विद्यार्थीहरूको शैक्षिक क्यालेन्डरलाई प्रभावकारी बनाउन र समयमै पाठ्यक्रम पूरा गर्न यो कदम चालिएको बताउनुभएको छ।

-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी