गोरखा, २०८३ वैशाख ४ — आरुघाट गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अनुरूप गाउँपालिका भित्रका माध्यमिक शिक्षा परीक्षा (SEE) दिएका विद्यार्थीहरूका लागि नि:शुल्क आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्ने निर्णय गरेको छ।
यस सम्बन्धमा गाउँ कार्यपालिकाको कार्यालय, आरुघाटद्वारा आज एक सूचना प्रकाशित गरी इच्छुक तथा योग्य विद्यार्थीहरूलाई आवेदन दिन आह्वान गरिएको छ। सूचनामा उल्लेख भएअनुसार SEE परीक्षा दिएका विद्यार्थीहरूले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजात सहित गाउँपालिकाको कार्यालयमा उपस्थित भई निवेदन पेश गर्नुपर्नेछ।
तालिममा सहभागी हुन चाहने विद्यार्थीहरूले SEE प्रवेश पत्रको फोटोकपी अनिवार्य रूपमा संलग्न गर्नुपर्ने प्रावधान रहेको छ।
गाउँपालिकाले यस कार्यक्रममार्फत विद्यार्थीहरूमा आधारभूत कम्प्युटर सीप विकास गरी प्रविधिमैत्री जनशक्ति उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
यस सम्बन्धमा थप जानकारीका लागि सूचना प्रविधि शाखाका कर्मचारी राजन ढकाल (सम्पर्क नं. ९८४३०२३२१६) सँग सम्पर्क गर्न सकिने जनाइएको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी