गोरखा, ४ वैशाख — गोरखा जिल्लाका ११ वटै स्थानीय तहहरूले आगामी वैशाख ७ गतेदेखि जिल्लाभरका विद्यालयहरूमा पठनपाठन तथा नयाँ विद्यार्थी भर्ना प्रक्रिया सञ्चालन गर्ने निर्णय गरेका छन्।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापा मगरको अध्यक्षतामा शुक्रबार सम्पन्न पालिका प्रमुख तथा अध्यक्षहरूको समन्वयकारी बैठकले उक्त निर्णय गरेको हो। संघीय सरकारको शिक्षा मन्त्रालयबाट जारी पछिल्ला परिपत्रहरूले शैक्षिक सत्र र कार्यघण्टामा अन्योल सिर्जना गरेको भन्दै स्थानीय तहहरूले पूर्वनिर्धारित शैक्षिक क्यालेन्डरअनुसार अघि बढ्ने ऐक्यबद्धता जनाएका छन्।
बैठकले नेपालको संविधान तथा शिक्षा नियमावली, २०५९ बमोजिम वैशाख १ गतेदेखि चैत्र मसान्तसम्म कायम रहने शैक्षिक सत्रलाई आधार मान्दै वैशाख ७ गतेदेखि नै भर्ना तथा नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको जनाएको छ।
त्यसैगरी, संघीय सरकारका हालका परिपत्रहरूले पठनपाठनको कार्यघण्टा अपुग हुने तथा शैक्षिक क्षेत्रमा अन्योल बढाएको निष्कर्ष निकाल्दै बैठकले यथाशीघ्र नयाँ शिक्षा ऐन निर्माण गर्न नेपाल सरकारसँग आग्रह गर्ने निर्णय पनि गरेको छ।
आर्थिक वर्ष २०८२/०८३ का लागि संघीय सरकारबाट विनियोजित विकास आयोजनाहरूको बजेट अझै रोक्का रहेकाले विकास निर्माणका कार्यहरू प्रभावित भएकोप्रति बैठकले गम्भीर चिन्ता व्यक्त गर्दै रोक्का रहेका बजेटहरू तत्काल फुकुवा गर्न समेत माग गरेको छ।
उक्त बैठकमा गोरखा नगरपालिका, पालुङटार नगरपालिकासहित सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट, धार्चे, चुमनुब्री, आरुघाट, भिमसेनथापा, शहिदलखन तथा गण्डकी गाउँपालिकाका प्रमुख तथा अध्यक्षहरूको उपस्थिति रहेको थियो।
अभिभावकहरूको माग र विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गर्दै स्थानीय तहहरूले आफ्नै शैक्षिक पात्रोअनुसार विद्यालय सञ्चालन गर्ने तयारी गरेका हुन्।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी