काठमाडौं — गृहमन्त्री सुदन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन्।
गुरुङले आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन हुन सहज होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको बताएका छन्। “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,” उनले उल्लेख गरेका छन्।
उनले सार्वजनिक जीवन स्वच्छ र उत्तरदायी हुनुपर्नेमा जोड दिँदै नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन्। “मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले भनेका छन्।
पछिल्ला दिनहरूमा आफ्नो शेयरसम्बन्धी विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको उनले बताएका छन्। साथै, सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जनदबाबलाई समेत आफूले ध्यान दिएको उल्लेख गरेका छन्।
उनले सञ्चारकर्मी तथा आम नागरिकलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गरेका छन्। साथै केही सञ्चारकर्मीमाथि समेत प्रश्न उठाउँदै विभिन्न क्षेत्रका पारदर्शिताबारे बहस आवश्यक रहेको संकेत गरेका छन्।
यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दिपक भट्ट सँग गुरुङको व्यापारिक सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि उनीमाथि राजनीतिक तथा सार्वजनिक दबाब बढ्दै गएको थियो। विपक्षी दलहरूले समेत उनको राजीनामा माग गरेका थिए।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी