गोरखा — धार्चे गाउँपालिकाले गोरखा क्याम्पसलाई चार थान प्रोजेक्टर सहयोग गरेको छ। करिब तीन लाख रुपैयाँ बराबरका प्रोजेक्टर बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले क्याम्पस प्रमुख नवराज पाण्डेलाई हस्तान्तरण गरेका हुन्।
शिक्षामा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले उक्त सहयोग गरिएको अध्यक्ष गुरुङले बताए। उनका अनुसार गोरखा क्याम्पसमा धार्चे गाउँपालिकाका करिब ६० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
‘प्रविधिमैत्री शिक्षाको विकासका लागि हामीले प्रोजेक्टर सहयोग गरेका हौँ,’ गुरुङले भने।
गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी प्रोजेक्टर खरिदका लागि बजेट विनियोजन गरेको थियो। सोही कार्यक्रम अन्तर्गत क्याम्पसलाई प्रोजेक्टर उपलब्ध गराइएको जनाएको छ।
क्याम्पस प्रमुख पाण्डेले गाउँपालिकाको सहयोगले शिक्षण सिकाइ प्रक्रिया थप प्रभावकारी हुने विश्वास व्यक्त गरे।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी