लमजुङ — “राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद” भन्ने नारासहित मर्स्याङ्दी गाउँपालिकामा वडा स्तरीय अण्डर–१९ पुरुष तथा महिला खुल्ला फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।
मर्स्याङ्दी गाउँपालिका–७ स्थित ङादी खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन समारोह आगामी २०८३ वैशाख २७ गते हुने आयोजकले जनाएको छ।
मर्स्याङ्दी गाउँपालिकाको मुख्य प्रायोजन तथा युवा तथा खेलकुद विकास समिति, मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।
विशेषगरी १९ वर्षमुनिका युवा खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलकुद विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय तहमा खेलकुद संस्कृतिको विकास गर्दै युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। साथै, प्रतियोगितामार्फत नयाँ खेल प्रतिभा पहिचान गर्दै गाउँपालिका स्तरमै खेलकुद क्षेत्रलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा