logo

सोमबार, कार्तिक १० २०८३

kantipurpationlinetv

२०८३ कार्तिक १० सोमबार

मर्स्याङ्दी गाउँपालिकामा वडा स्तरीय अण्डर–१९ फुटबल प्रतियोगिता हुने

मर्स्याङ्दी गाउँपालिकामा वडा स्तरीय अण्डर–१९ फुटबल प्रतियोगिता हुने


  • मंगलबार, बैशाख १५ २०८३
  • 16K
    SHARES

    लमजुङ — “राष्ट्रिय गरिमा र सामाजिक रूपान्तरणका लागि खेलकुद” भन्ने नारासहित मर्स्याङ्दी गाउँपालिकामा वडा स्तरीय अण्डर–१९ पुरुष तथा महिला खुल्ला फुटबल प्रतियोगिता २०८३ आयोजना हुने भएको छ।

    मर्स्याङ्दी गाउँपालिका–७ स्थित ङादी खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन समारोह आगामी २०८३ वैशाख २७ गते हुने आयोजकले जनाएको छ।

    मर्स्याङ्दी गाउँपालिकाको मुख्य प्रायोजन तथा युवा तथा खेलकुद विकास समिति, मर्स्याङ्दी गाउँपालिकाको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

    विशेषगरी १९ वर्षमुनिका युवा खेलाडीहरूको प्रतिभा पहिचान तथा खेलकुद विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

    आयोजकका अनुसार प्रतियोगिताले स्थानीय तहमा खेलकुद संस्कृतिको विकास गर्दै युवाहरूलाई स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने अपेक्षा गरिएको छ। साथै, प्रतियोगितामार्फत नयाँ खेल प्रतिभा पहिचान गर्दै गाउँपालिका स्तरमै खेलकुद क्षेत्रलाई सुदृढ बनाउने लक्ष्य राखिएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page