logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

गोकर्णेश्वरमा तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुँदै

गोकर्णेश्वरमा तेस्रो औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव आयोजना हुँदै


  • मंगलबार, बैशाख १५ २०८३
  • 2.3K
    SHARES

    काठमाडौं । नयाँ वर्ष २०८३ को अवसर पारेर गोकर्णेश्वर नगरपालिकामा तेस्रो गोकर्णेश्वर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव आयोजना हुने भएको छ। औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा वैशाख २४ गतेदेखि जेठ १० गतेसम्म सञ्चालन हुने उक्त महोत्सव वडा नं. ८ स्थित हनुमान चोकमा हुने जनाइएको छ।

    एक समारोहका बीच आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष सन्दिप महतले महोत्सवबारे विस्तृत जानकारी दिनुभयो। उहाँका अनुसार महोत्सवको मुख्य उद्देश्य उपभोक्ताहरूलाई एकै स्थानबाट दैनिक उपभोग्य सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै स्थानीय प्रतिभा र उत्पादनको प्रवर्द्धन गर्नु रहेको छ।

    महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, अटोमोबाइल, विद्युतीय उपकरण, कृषि औजार, मोबाइल तथा इलेक्ट्रोनिक्स सामग्री, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री रहनेछ। साथै पर्यटनसँग सम्बन्धित विविध गतिविधिहरू पनि समावेश गरिनेछन्।

    करिब दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा मनोरञ्जनका लागि बाल उद्यान, पिङ, रेल, ड्रागन, रोटे पिङ लगायतका खेल सामग्रीहरू रहनेछन्। साथै विभिन्न परिकारसहितको खाना महोत्सव, दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति र “गोकर्णेश्वर डान्स आइडल” कार्यक्रमसमेत आकर्षणका रूपमा रहनेछ।

    महोत्सवमा करिब १२० वटा स्टल रहनेछन्। स्थानीय उत्पादन तथा महिला उद्यमीहरूका लागि गोकर्णेश्वर नगरपालिकाको सिफारिसमा निःशुल्क स्टलको व्यवस्था गरिएको छ।

    महोत्सवका संयोजक रामकृष्ण श्रेष्ठ, सह–संयोजक सिताराम दाहाल रहनुभएको छ भने सम्पूर्ण महोत्सवको निर्देशकको जिम्मेवारी प्रेम प्रसाद दाहाल (दिपक) ले सम्हाल्नुहुनेछ।

    प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ। विद्यार्थीहरूले सहुलियतका लागि परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। साथै जेठ ८, ९ र १० गते विशेष कन्सर्ट आयोजना गरिने आयोजकले जनाएको छ।

    आयोजकले महोत्सवलाई सभ्य र भव्य रूपमा सफल बनाउन सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग सहयोगको अपेक्षा गरेको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page