काठमाडौं — नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर सांगीतिक क्षेत्रमा नयाँ गीत सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यसै सन्दर्भमा पर्वत जिल्लाका गायक सुजन बराईली को मौलिक पञ्चेबाजा गीत “धौलागिरी शिर” सार्वजनिक गरिएको छ।
उक्त गीतमा गायक सुजन बराईली र चर्चित गायिका देबी घर्ती को स्वर समावेश रहेको छ। गीतका शब्द सर्जक प्रल्हाद सुबेदी ले तयार पारेका हुन् भने संगीत स्वयं सुजन बराईली कै रहेको छ। गीतलाई रमेश सञ्चुरी ले एरेञ्ज गरेका छन् भने मिक्सिङ श्यामश्वेत रसाईली ले गरेका हुन्।
गीतको भिडियो पर्वत जिल्लाको मल्लाज क्षेत्रमा छायांकन गरिएको हो। भिडियो निर्देशन कुमार केसी ले गरेका छन् भने सम्पादन अमृत चापागाई को रहेको छ। भिडियोमा सुजन बराईली, यशु भट्टराई, रियोश बराईली र करुणा नेपाली लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
उक्त गीत सुजन बराईली को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। दर्शक तथा श्रोताले गीतको भिडियो अनलाइनमार्फत अवलोकन गर्न सक्नेछन्।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
कोरियन ब्यूटी स्किल अब नेपालमै, ओपाल ग्लोबल स्किल्स एकेडेमीले ल्यायो नयाँ तालिम