काठमाडौं, वैशाख २२ — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन खारेज गर्ने निर्णय कुनै पनि राजनीतिक दलविरुद्धको कदम नभई प्रणाली सुधारको प्रयास भएको स्पष्ट पारेका छन्।
सरकारको निर्णयको विरोध भइरहेका बेला प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै यो निर्णय देशलाई दलगत कब्जाबाट मुक्त गरी संस्थागत मार्गमा अघि बढाउने उद्देश्यसहित गरिएको बताएका हुन्।
“यो कुनै पार्टीविरुद्धको लडाइँ होइन । यो प्रणाली बचाउने प्रयास हो । यो भविष्य बचाउने प्रयास हो,” प्रधानमन्त्री शाहले लेखेका छन्, “यो देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने प्रयास हो। शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत संक्रमणबाट मुक्त गर्ने यो प्रयास हो।”
उनले विद्यार्थी र कर्मचारीतन्त्रमा बढ्दो राजनीतिक प्रभावप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई सुधार गर्न अध्यादेशमार्फत कदम चालिएको उल्लेख गरेका छन्। प्रधानमन्त्रीले उक्त कदमलाई जनचाहनाअनुसारको सुधारको रूपमा व्याख्या गर्दै सबै क्षेत्रबाट सहयोग र विश्वासको अपेक्षा गरेका छन्।
“हामीलाई सबैको साथ र विश्वासको अपेक्षा छ, तपाईंको साथ चाहिएको छ,” उनले भनेका छन्, “किनकी परिवर्तन भाषणले होइन, निर्णयले आउँछ। हामी तपाईंहरूकै जनचाहनाबमोजिम काम गर्न सरकारमा आएका हौं।”
प्रधानमन्त्री शाहका अनुसार सरकारले गरेको निर्णयले अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता अझ मजबुत बनाउने लक्ष्य राखेको छ। उनले अब नियुक्ति, सरुवा र बढुवाको आधार दलगत निकटता नभई विधि, क्षमता र दक्षता हुने स्पष्ट पारेका छन्।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी