गोरखा । गोरखा नगरपालिका–१० छेबेटारस्थित तारा माध्यमिक विद्यालयमा ग्लोबल पिस फाउण्डेशन नेपालको ‘ट्रान्सफर्मिङ एजुकेसन’ कार्यक्रम अन्तर्गत अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा करिब १३० जना अभिभावकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। यसअघि फाउण्डेशनले सिरानचोक गाउँपालिकामा करिब २३० अभिभावकलाई लक्षित गरी यस्तै कार्यक्रम सम्पन्न गरिसकेको थियो।
अभिभावकहरूलाई जिम्मेवार अभिभावकत्वबारे सचेत गराउने तथा बालबालिकाको भावनात्मक र मनोवैज्ञानिक आवश्यकताबारे बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मनोविमर्शकर्ता अशोक बन्जाराले सहजीकरण गरेका थिए।
कार्यक्रमका क्रममा अभिभावकत्वको महत्व, बालबालिकासँग प्रभावकारी संवाद गर्ने तरिका तथा अभिभावकले अपनाउनुपर्ने आत्म–हेरचाहका विषयमा छलफल गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पुष्पा कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक मिनबहादुर नेपाली, सदस्यहरू ऋषि सिलवाल र मनीष पन्त लगायत विद्यालय परिवारको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष कुमाल र प्रधानाध्यापक नेपालीले यस्ता कार्यक्रमले अभिभावक, विद्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
कार्यक्रमको सामाजिक परीक्षण तथा प्रभाव मूल्याङ्कनका लागि ग्लोबल पिस फाउण्डेशन नेपालकी सामाजिक प्रतिनिधि मना दाहालले सहभागी अभिभावकहरूसँग अन्तरक्रिया गरी प्रतिक्रिया सङ्कलन गरेकी थिइन्।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. चिरञ्जीवी भट्टराई, कार्यकारी निर्देशक राम रोहन पन्त तथा कार्यक्रम संयोजक सागर खड्काको समेत उपस्थिति रहेको थियो। कार्यकारी निर्देशक पन्तले आफ्नै क्षेत्रको शैक्षिक तथा सामाजिक विकासमा योगदान गर्न पाउँदा खुसी लागेको बताए।
सहभागी अभिभावकहरूले कार्यक्रम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका छन्। फाउण्डेशनले अभिभावक, शिक्षक र समुदायबीच सहकार्य सुदृढ गर्दै जिम्मेवार नागरिक निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
-
चल्याे बतास सरर गोरखाको डांडैमा सार्वजनिक, गोरखाका परशुराम थपलियाको नयाँ लोकदोहोरी गीत चर्चामा
-
सेफ गिरी राज भट्ट: संघर्ष, स्वाद र सफलताको प्रेरणादायी यात्रा
-
चिरायु डेन्ट केयरका सञ्चालक सागर जोशी विशेष सम्मानित
-
झम्के रोधी क्लबको चौथो वार्षिकोत्सव आज सम्पन्न हुँदै
-
लोकदोहोरी व्यवसायी संघद्वारा बसपार्कका ६१ दोहोरी साँझलाई सुरक्षा सामग्री हस्तान्तरण