logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

एआई ल्याब र आधुनिक सुविधासहित अमर ज्योति माविमा कक्षा ११ मा भर्ना खुल्यो

एआई ल्याब र आधुनिक सुविधासहित अमर ज्योति माविमा कक्षा ११ मा भर्ना खुल्यो


  • बिहिबार, बैशाख ३१ २०८३
  • 3.4K
    SHARES

    गोरखा, पालुङटार — गोरखाको पालुङटार नगरपालिका–४, लुईटेलस्थित श्री अमर ज्योति जनता माध्यमिक विद्यालय मा शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा भर्ना खुला गरिएको छ। विद्यालयले विज्ञान, कम्प्युटर विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना सुरु गरेको जनाएको छ।

    विद्यालयका अनुसार अनुभवी तथा समर्पित शिक्षकहरूको टोलीमार्फत गुणस्तरीय शिक्षण–अध्यापन हुँदै आएको छ। आधुनिक प्रविधिमैत्री शिक्षण सिकाइ, आधुनिक कक्षा कोठा, सुरक्षित तथा समावेशी वातावरण, व्यवस्थित पुस्तकालय र विद्यार्थीमैत्री पूर्वाधार विद्यालयका प्रमुख विशेषताका रूपमा रहेका छन्। विद्यालयलाई विज्ञान प्रवर्द्धनका लागि छनोट भएको शैक्षिक संस्थाका रूपमा समेत चिनिन्छ।

    विद्यालयले गण्डकी प्रदेश स्तरमै माध्यमिक तहमा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै पालुङटार नगरपालिकाभित्र एसईई परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न सफल भएको जनाएको छ। विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै उनीहरूको सर्वाङ्गीण विकासमा विद्यालयले विशेष जोड दिँदै आएको छ।

    प्राविधिक तथा व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै विद्यालयमा पूर्ण सुविधा सम्पन्न विज्ञान प्रयोगशाला र आधुनिक कम्प्युटर ल्याब सञ्चालनमा रहेको छ। कम्प्युटर ल्याबमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अभ्याससमेत समावेश गरिएको छ। साथै विद्यालयमा सुविधा सम्पन्न छात्रावास (होस्टेल) को व्यवस्था समेत रहेको छ, जसले सुरक्षित र अध्ययनमैत्री वातावरण सुनिश्चित गरेको विद्यालयले जनाएको छ।

    विद्यालयका सूचना अधिकारी सोम प्रसाद मुडवरीले गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ र व्यवहारिक ज्ञानलाई विद्यालयको मुख्य प्राथमिकता रहेको बताए। “विद्यार्थीहरूको शैक्षिक सफलतासँगै उनीहरूको समग्र व्यक्तित्व विकास हाम्रो लक्ष्य हो,” उनले भने, “आगामी शैक्षिक सत्रमा अझ प्रभावकारी र गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्नेछौं।”

    भर्ना सम्बन्धी थप जानकारीका लागि ९८४६०५७५९९ र ९८४६२४१६०५ मा सम्पर्क गर्न सकिनेछ। साथै www.amarjyoti.edu.np मार्फत अनलाइन आवेदन (Apply Now) गर्न सकिने विद्यालयले जनाएको छ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page