काठमाडौं: काठमाडौंको पवित्रनगरस्थित महर्षि स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा हासिल गरेको जनाएको छ। विद्यालयका अनुसार परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्ष सिज धमला र युजिन कार्की ले ४.० जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन्। त्यसैगरी भगवती शर्मा ले ३.९६ जीपीए तथा इन्दिरा बस्नेत ले ३.९१ जीपीए प्राप्त गरेका छन्।
विद्यालयका प्राचार्य निर्मल पौडेल का अनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीहरूको संख्या उल्लेख्य रहेको छ। यस समूहमा सलोना महर्जन (३.९०), गौतम ठाकुर (३.८३), सकिला थापा (३.८३), ऋषभ रजक (३.८२), उज्ज्वल थापा (३.८१), कृतिका अदई (३.७२) र बिनिशा श्रेष्ठ (३.७०) रहेका छन्।
त्यस्तै ३.६० देखि ३.७० बीच जीपीए ल्याउने विद्यार्थीहरूमा दिब्या के.सी, कृषिका लामा, सुजल पिया, बबिन भण्डारी, रेजिना महतरा, अस्मिता गुरुङ, रिजन पौडेल, रोहन पाठक, रोशन भण्डारी, योवल तामाङ, कमला शाही, स्वोदिना महर्जन, योनेश महर्जन र श्लोक श्रेष्ठ रहेका छन्।
सामखुशीस्थित विद्यालयले सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण तथा शिक्षकहरूको मेहनतका कारण यस्तो सफलता सम्भव भएको जनाएको छ।
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने
-
गायिका शान्ति श्रीस मगरको लाउरेनीलाई मस्ती सार्वजनिक, टिकटकदेखि फेसबुक रिल्ससम्म चर्चामा