काठमाडौं: काठमाडौंको पवित्रनगरस्थित महर्षि स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत नतिजा हासिल गरेको जनाएको छ। विद्यालयका अनुसार परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन्।
यस वर्ष सिज धमला र युजिन कार्की ले ४.० जीपीए प्राप्त गर्दै उत्कृष्ट नतिजा हासिल गरेका छन्। त्यसैगरी भगवती शर्मा ले ३.९६ जीपीए तथा इन्दिरा बस्नेत ले ३.९१ जीपीए प्राप्त गरेका छन्।
विद्यालयका प्राचार्य निर्मल पौडेल का अनुसार ३.६० देखि ४.०० जीपीए ल्याउने विद्यार्थीहरूको संख्या उल्लेख्य रहेको छ। यस समूहमा सलोना महर्जन (३.९०), गौतम ठाकुर (३.८३), सकिला थापा (३.८३), ऋषभ रजक (३.८२), उज्ज्वल थापा (३.८१), कृतिका अदई (३.७२) र बिनिशा श्रेष्ठ (३.७०) रहेका छन्।
त्यस्तै ३.६० देखि ३.७० बीच जीपीए ल्याउने विद्यार्थीहरूमा दिब्या के.सी, कृषिका लामा, सुजल पिया, बबिन भण्डारी, रेजिना महतरा, अस्मिता गुरुङ, रिजन पौडेल, रोहन पाठक, रोशन भण्डारी, योवल तामाङ, कमला शाही, स्वोदिना महर्जन, योनेश महर्जन र श्लोक श्रेष्ठ रहेका छन्।
सामखुशीस्थित विद्यालयले सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण तथा शिक्षकहरूको मेहनतका कारण यस्तो सफलता सम्भव भएको जनाएको छ।
-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल
-
चाँगुनारायण नगरपालिकाद्वारा बजार अनुगमन, नियमविपरीत कार्य गर्ने पसललाई जरिवाना
-
सन्तोष परियारको दशैंको मर्मस्पर्शी गीत ‘लाहुरेको दशैं तिहार’ले रुवायो दर्शक