logo

आइतबार, जेष्ठ ३१ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ ३१ आइतबार

लोक संगीतमा अश्लीलता बढेको भन्दै कारबाही गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको माग

लोक संगीतमा अश्लीलता बढेको भन्दै कारबाही गर्न राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको माग


  • बुधबार, बैशाख ३० २०८३
  • 0.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली लोक कला, संस्कृति र दोहोरी गीतको क्षेत्रमा पछिल्लो समय अश्लीलता र विकृति बढेको भन्दै गम्भीर आपत्ति भएको जनाएको छ ।

    सोमबार संस्थाका अध्यक्ष चन्द्रमणी गौतमको अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल बैठकले सामाजिक मर्यादामा खलल पुर्‍याउने कलाकार र सामग्रीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।

    सोमबार सम्पन्न बैठकले विशेष गरी डिजिटल माध्यम र मेला–महोत्सवहरूमा प्रदर्शन गरिने प्रस्तुतिहरूले नेपाली लोक संस्कृतिको मौलिकता र गरिमालाई धमिल्याएको निष्कर्ष निकालेको छ ।

    विवादित कलाकार र प्रस्तुतिमाथि कठोर कदम चाल्न माग गर्दै संस्थाले हालैका केही घटनाहरूलाई उल्लेख गर्दै सम्बन्धित पक्षमाथि छानबिनको माग गरेको छ ।

    प्रकाश अधिकारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको दोहोरीमा प्रकाश अधिकारी र कोपिला छिनालले प्रयोग गरेका शब्द, हाउभाउ र प्रस्तुतीले दोहोरीको मर्म र सभ्यतालाई आघात पुर्‍याएको संस्थाले ठहर गरेको छ । उक्त सामग्री केवल सस्तो लोकप्रियता र आम्दानीका लागि निर्माण गरिएको लोक सञ्चारकर्मी नेपालले उल्लेख गरेको छ ।

    त्यसैगरी, लोक सञ्चारकर्मी नेपालले गुल्मीको महोत्सवमा गायिका ज्योति मगरले स्टेज प्रस्तुतीका क्रममा देखाएको गतिविधिलाई सामाजिक मर्यादा विपरीत र घोर आपत्तिजनक भएको जनाएको छ । त्यस्तै एक धार्मिक स्थलमा मोडल रिया खड्काले गरेको असभ्य नृत्यले धार्मिक र सांस्कृतिक आस्थामा चोट पुर्‍याएको भन्दै संस्थाले आपत्ति जनाएको छ ।

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले यी गतिविधिहरूमा संलग्न कलाकारहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न जोडदार माग गरेको छ । संस्थाले यस पत्रको बोधार्थ गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, र साइबर ब्युरोलाई समेत पठाएको छ ।

    संस्थाका सचिव कमल सरगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण लोक तथा दोहोरी कलाकार, सर्जक र प्रस्तोताहरूलाई आफ्ना सिर्जनाप्रति जिम्मेवार बन्न र सामाजिक मर्यादाको सम्मान गर्दै सुसंस्कृत सामग्री मात्र सार्वजनिक गर्न हार्दिक आग्रह गर्दछौँ ।’

    वि.सं २०६५ सालमा स्थापित यस संस्थाले लोक कला र मौलिक परम्पराको संरक्षणका लागि निरन्तर आवाज उठाउँदै आएको छ । नेपाली लोक संस्कृति सबै पक्षको पहिचानको धरोहर भएकाले यसको संरक्षणमा सबै पक्ष गम्भीर हुनुपर्नेमा संस्थाले जोड दिएको छ ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page