काठमाडौँ । अभिनेता जितु नेपालको निर्माण तथा अभिनय रहेको फिल्म ‘आइ एम जीत बहादुर’को ट्रेलर सार्वजनिक गरिएको छ।
शुक्रबार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले गाउँबाट सपना बोकेर सहर आएका एक युवाले कलाकार बन्नका लागि भोग्नुपरेका संघर्ष, चुनौती र भावनात्मक यात्रालाई चित्रण गरेको छ।
फिल्ममा अभिनेता जितु नेपालको फरक अवतार देख्न सकिन्छ, जहाँ उनले कलाकार बन्ने सपना पछ्याइरहेका युवाको भूमिका निर्वाह गरेका छन्। आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्मको निर्देशन भारतीय बंगाली निर्देशक सुभेन्दु घोषले गरेका हुन्।
फिल्ममा जितु नेपालको अपोजिटमा अभिनेत्री वर्षा राउत देखिएकी छन्। साथै प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’, नीरज नेपाल, अन्सु महर्जनलगायत कलाकारहरूको अभिनय रहेको छ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र नीरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्। भारतीय सिनेमाटोग्राफर अरविन्दको छायाङ्कन रहेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको हो।
फिल्म ‘आइ एम जीत बहादुर’ को वितरण आरआर फिल्म्सले गर्नेछ। तीन दशकभन्दा लामो कलाकारिता यात्रामा हास्यदेखि चरित्र अभिनयसम्म फरक पहिचान बनाएका जितु नेपालका लागि यो फिल्म विशेष मानिएको छ।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी