logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता जेठ २३ गते ललितपुरमा हुने

तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता जेठ २३ गते ललितपुरमा हुने


  • मंगलबार, जेष्ठ १९ २०८३
  • 5.5K
    SHARES

    काठमाडौं — राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” यही जेठ २३ गते ललितपुरको महालक्ष्मीस्थानस्थित साथीको रोधीघरमा सम्पन्न हुने भएको छ।

    मौलिक तथा लोपोन्मुख लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त प्रतियोगितामा उपत्यका समन्वय समिति अन्तर्गतका १० वटा समितिले मात्र सहभागिता जनाउनेछन्। प्रतियोगितामा पहिलो चरणमा प्रतियोगीले आफूले चाहेको गीत प्रस्तुत गर्नेछन् भने दोस्रो चरणमा निर्णायकले दिएको गीत गाउनुपर्ने व्यवस्था गरिएको छ।

    प्रतियोगितामा निर्णायक संयोजकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष राजु ढकाल रहनेछन् भने वरिष्ठ गायिका सीता थापा, गायिका देवी घर्ती मगर, गायिका जुना श्रीष मगर र गायक रामकुमार नेपाली निर्णायकको भूमिकामा रहनेछन्। यसै अवसरमा वरिष्ठ लोक गायिका शर्मिला गुरुङलाई “लोक स्रष्टा सम्मान” द्वारा सम्मान गरिने भएको छ।

    प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार रुपैयाँ, द्वितीय पुरस्कार २० हजार रुपैयाँ र तृतीय पुरस्कार १० हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ। कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार, संगीतप्रेमी, पत्रकार तथा समाजसेवीहरूको विशेष उपस्थिति रहनेछ।

    उपत्यका समन्वय ललितपुर समितिकी अध्यक्ष बेलीमाया पुलामीले प्रतियोगितालाई सफल बनाउन सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको बताएकी छन्। थप जानकारीका लागि ९८५१०६९५०३ र ९८५११९५२९० मा सम्पर्क गर्न सकिनेछ।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page