logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

समसामयिक विषयमा आधारित नकुल ढकालको चिठी के पठाम सार्वजनिक

समसामयिक विषयमा आधारित नकुल ढकालको चिठी के पठाम सार्वजनिक


  • मंगलबार, जेष्ठ १९ २०८३
  • 4.7K
    SHARES

    काठमाडौं । समसामयिक विषयवस्तुलाई समेटिएको नयाँ गीत “चिठी के पठाम” सार्वजनिक गरिएको छ। चर्चित सर्जक नकुल ढकाल (नबिन) को शब्द तथा अवधारणामा तयार गरिएको उक्त गीतले ग्रामीण जीवन, बसाइँसराइ र डिजिटल युगको प्रभावलाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ।

    गीतमा बागलुङको बलेवा स्थित ढकाल टोलको ऐतिहासिक पृष्ठभूमि र समयसँगै गाउँ बस्ती रित्तिँदै गएको यथार्थलाई समेत समेटिएको छ। साथै इन्टरनेट र सामाजिक सञ्जालको युगमा परम्परागत चिठीपत्र लेख्ने संस्कृतिको परिवर्तनलाई गीतमा विशेष रूपमा चित्रण गरिएको छ।

    डिजिटल सञ्चारको बढ्दो प्रयोगबीच प्रेमी–प्रेमिकाको सम्बन्ध र भावनात्मक दूरीलाई समेत गीतमार्फत प्रस्तुत गरिएको छ।

    गीतमा नकुल ढकाल (नबिन) र उनकी सुपुत्री नबिना ढकालको स्वर रहेको छ भने संगीत लोकप्रिय संगीतकार तथा गायक बसन्त थापाको रहेको छ।

    भिडियोतर्फ प्रशान्त मगरको निर्देशन तथा कोरियोग्राफी, करण चैशिरको छायांकन र प्रवीण भट्टको सम्पादन रहेको छ। भिडियोमा नकुल ढकाल (नबिन) र जुना बिश्वकर्माको अभिनय देख्न सकिन्छ।

    गीत नकुल ढकाल (नबिन) को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page