गोरखा: गोरखाली गायक विनोद भट्ट र गायिका कमला घिमिरेको जोडीमा नयाँ दोहोरी गीत ‘तिमी साथी हौ (सुख–दुःखको)’ सार्वजनिक भएको छ।
गीतमा गायक विनोद भट्टसँगै गायिका कमला घिमिरेको स्वर सुन्न सकिन्छ। सागर बिसीको शब्द तथा लय रहेको गीतलाई खेमराज गौतमले एरेन्ज गरेका हुन्। ओजन स्टुडियोमा रेकर्ड गरिएको गीतमा राजु सुनामले रेकर्डिङ तथा विनोद परियारले मिक्सिङ र मास्टरिङ गरेका छन्।
गीतको म्युजिक भिडियोमा दीक्षा घिमिरेको कोरियोग्राफी रहेको छ भने विशालनाथ योगीले निर्देशन गरेका छन्। भिडियोमा विनोद भट्ट, कमला घिमिरे, किरण कुँवर क्षेत्री, विशालनाथ योगी, सागर बिसी र दिनेश श्रेष्ठलगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।
महेश महराको छायांकन र मनोज कार्कीको सम्पादन रहेको भिडियोले साथित्व र सुख–दुःखमा साथ दिने भावनालाई प्रस्तुत गरेको छ।
पछिल्लो समय विनोद भट्ट र कमला घिमिरेको जोडी दर्शकमाझ निकै लोकप्रिय बन्दै गएको छ। उनीहरूको सहकार्यमा बनेका गीतहरू दर्शक–श्रोताले रुचाउँदै आएका छन्। यही लोकप्रियतालाई आधार मानेर नयाँ गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।
त्यसैगरी, यो जोडीको अर्को प्रेमिल गीतको म्युजिक भिडियो पनि हालै सुटिङ सम्पन्न भएको छ। निर्माण पक्षका अनुसार उक्त भिडियो छिट्टै विनोद भट्ट अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिने तयारी भइरहेको छ। गीत विनोद भट्ट अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
मर्स्याङ्दीमा आठौँ मर्स्याङ्दी कप सुरु, पहिलो दिन ९०० विद्यार्थी सहभागी
-
चाँगुनारायणमा राष्ट्रियस्तरीय सो–क्योकुशिन फुल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पूरा, २५० भन्दा बढी खेलाडी सहभागी हुने
-
घान्द्रुकमा खुल्यो १५ करोड लगानीको आरजे बुटिक होटल
-
कोरियन ब्यूटी स्किल अब नेपालमै, ओपाल ग्लोबल स्किल्स एकेडेमीले ल्यायो नयाँ तालिम