काठमाडौं । चर्चित गायक तथा सर्जक सचिन भट्टराई नवौँ राष्ट्रिय समावेशी अवार्ड (NIM अवार्ड) अन्तर्गत ‘राष्ट्रिय युवा कलाकारिता सम्मान–२०२६’ बाट सम्मानित भएका छन्।
आइतबार काठमाडौंमा आयोजित अवार्ड वितरण समारोहमा नेपाली लोकगीत–संगीत, साहित्य, कला तथा संस्कृतिको विकासमा पुर्याएको निरन्तर योगदानको मूल्यांकन गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो। सम्मानस्वरूप भट्टराईलाई नगद रु. ५ हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार भट्टराईले नेपाली मौलिक लोकसंगीतलाई संरक्षण गर्दै नेपाली माटो सुहाउँदो गीत–संगीतमार्फत पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो।
समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकारहरू भुवन चन्द, चैत्यदेवी सिंह, बसुन्धरा भुसाल तथा मोहन निरौलालगायतका कलाकारहरूको हातबाट संयुक्त रूपमा सम्मान प्रदान गरिएको थियो।
कार्यक्रमका अतिथिहरूले एक दशक लामो सांगीतिक यात्रामा भट्टराईले देखाएको निष्ठा, व्यावसायिकता र निरन्तरतालाई यस सम्मानले थप ऊर्जा दिने विश्वास व्यक्त गरेका थिए।
गोरखा भीमसेन थापा गाउँपालिका–२ निवासी भट्टराई विगत एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन्। काठमाडौँलाई कर्मथलो बनाएका उनले सयौं प्रत्यक्ष दोहोरी प्रस्तुत गर्नुका साथै दर्जनौं लोकप्रिय गीतहरूमा स्वर दिएका छन्। उनका ‘युके लान्छु रेलीमै’, ‘बनैमा स्याउला छ’, ‘कसकी छोरी होला’, ‘तिम्रो माया मङ्गो रहेछ चिन्न सकिन’, ‘छायाँ सिसाको’, ‘सुनको चुराले’, ‘छड्के छाता’, ‘नक्कली कान्छी’ लगायतका गीतहरू दर्शक–श्रोतामाझ लोकप्रिय छन्।
-
विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधन
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
माया गुरुङ सांगीतिक साँझका लागि राजशान्ति फाउन्डेसनको डेढ लाख सहयोग
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण