काठमाडौं, साउन ४ — नेपाली डिजिटल क्रिएटर बद्री प्रसाद तिवारीले अन्तर्राष्ट्रिय पहिचान हासिल गरेका छन्। भारतको चर्चित म्युजिक कम्पनी T-Series ले उनको डान्स भिडियो आफ्नो आधिकारिक इन्स्टाग्राम स्टोरीमार्फत सेयर गर्दै प्रशंसा व्यक्त गरेको छ।
बद्रीको उर्जाशील नृत्य प्रस्तुतिलाई T-Series जस्तो विश्वकै ठूलो युट्युब च्यानलद्वारा पुनः साझा गरिनु नेपाली प्रतिभाका लागि गौरवको क्षण बनेको छ। इन्स्टाग्राम स्टोरीमा उनको भिडियो देखिएपछि सामाजिक सञ्जालमा उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ।
T-Series को यो कदमले नेपाली कलाकार र डिजिटल क्रिएटरहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा चिनाउने दिशामा सकारात्मक सन्देश दिएको छ। यसले नेपाली प्रतिभा विश्वसामु स्थापित हुन सक्ने सम्भावनालाई थप सशक्त बनाएको छ।
बद्री प्रसाद तिवारी सामाजिक सञ्जालमार्फत नियमित रूपमा रमाइला डान्स तथा अभिनय सम्बन्धी सामग्री प्रस्तुत गर्दै आएका छन्। अन्तर्राष्ट्रिय स्तरबाट पाइरहेको यस्तो मान्यता आगामी दिनमा नेपाली कन्टेन्ट क्रिएटरहरूका लागि प्रेरणादायी बन्ने देखिन्छ।

-
चलचित्र ‘बध’बाट बद्री प्रसाद तिवारीको फिल्मी डेब्यु, पोखराबाट छायांकन सुरु
-
भोटेकोशी बाढीपीडितका लागि एनआरएनए एनसीसी यूएईद्वारा ११ लाख ३५ हजार रुपैयाँ सहयोग
-
कलाकारको दुःखमा दोहोरीगीत प्रतिष्ठानको साथ : मृतक कलाकारका परिवारलाई ५० हजारदेखि उपचारमा २५ हजारसम्म राहत
-
गायिका सपना रोकाको नयाँ गीत ‘त्यो केटाले हेर्यो’ चर्चामा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन असोज २२, २३ र २४ गते हुने