logo

शुक्रबार, जेष्ठ २९ २०८३

kantipurpationlinetv

२०८३ जेष्ठ २९ शुक्रबार

पशुपति पुगिन् रेखा थापा, भन्छिन् ‘साउन महिना हृदय शुद्ध पार्ने मौसम हो’

पशुपति पुगिन् रेखा थापा, भन्छिन् ‘साउन महिना हृदय शुद्ध पार्ने मौसम हो’


  • सोमबार, साउन ५ २०८२
  • 11.4K
    SHARES

    काठमाडौं । अभिनेत्री रेखा थापा साउन महिनाको पहिलो सोमबारको अवसर पारेर पशुपतिनाथ मन्दिर पुगिन् । उनले त्यहाँ आयोजित पशुपति मनोकामना पूर्ति तथा संकट मोचन महायज्ञमा सहभागी भइन् ।

    महायज्ञमा सहभागी हुँदै रेखाले आध्यात्मिक प्रवचन दिइन् । उनले साउन महिनालाई केवल धार्मिक पक्षले नभई आत्मचिन्तन र आत्मपरिमार्जन गर्ने विशेष अवसरको रूपमा लिनुपर्ने बताइन्।

    उनले भनिन्, “साउन महिना मन र आत्मालाई चिन्ने, हृदयलाई पखाल्ने र आफूभित्रको सत्यसँग साक्षात्कार गर्ने समय हो। हामीले यो महिनालाई आत्मा शुद्ध पार्ने मौसमको रूपमा लिन सकिन्छ।”

    रेखाले साउन महिनामा शुद्ध शाकाहारी भोजन गर्नुपर्नेमा पनि जोड दिइन्। उनका अनुसार, “साउनमा शाकाहारी भोजन गर्नुपर्छ भनिन्छ, किनभने भोजनले विचार उत्पादन गर्छ। यो समय आफूलाई चिन्ने र सुधार गर्ने बेला हो।”

    उनले साउन महिनालाई धार्मिक कर्मकाण्ड मात्र नभई आत्म-सुधारको मार्गका रूपमा पनि लिनुपर्ने धारणा राखिन्। “उपासना, आराधना र साधनाले हाम्रो हृदयमा रुपान्तरण ल्याउँछ,” भन्दै उनले शिव उपासनाले मन, मस्तिष्क र हृदय शुद्ध हुने बताइन्।

    रेखाले साउनमा पहिरन र श्रृंगारमा रमाइलो गर्नु गलत नभए पनि त्योभन्दा महत्वपूर्ण कुरा आफ्ना त्रुटिहरूको आत्मपरीक्षण गर्नु हो भन्ने बताइन्। “हामी गहना, लुगा लगाएर आफूलाई सजाउने गर्छौं, म आफैं पनि गर्छु,” उनले भनिन्, “तर यो महिनाले हामीलाई आत्मा शुद्ध पार्ने मौका पनि दिन्छ।”

    सो अवसरमा रेखा थापालाई पुष्पवृष्टिबाट सम्मान गरिएको थियो। पछिल्लो समय विभिन्न कलाकारहरू उक्त महायज्ञमा सहभागी भइरहेका छन्। आइतबार अभिनेता सरोज खनाल पनि महायज्ञमा पुगेका थिए।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page