काठमाडौं । यम बराल अत्यधिक ढाड दुखाइपछि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा उपचाररत छन्। उनलाई अस्पतालको गणेशमान भवनअन्तर्गत अर्थोपेडिक वार्डमा भर्ना गरिएको छ।
गायक बरालका भतिजा सञ्जय बराल का अनुसार करिब एक महिनादेखिको उपचार र विभिन्न परीक्षणपछि बरालमा मल्टिपल माइलोमा पुष्टि भएको हो। यो प्लाज्मा सेल भनिने सेतो रक्तकोषमा हुने एक प्रकारको रक्तसम्बन्धी क्यान्सर हो।
सञ्जय बरालका अनुसार रोग पुष्टि भएपछि यम बरालले दुई चरण (साइकल) केमोथेरापी पूरा गरिसकेका छन्। यद्यपि, केमोथेरापीपछि देखिने अत्यधिक कमजोरी वा शरीर धेरै गल्ने जस्ता लक्षण उनीमा हालसम्म नदेखिएको उनले बताए।
उनका अनुसार यम बरालको स्वास्थ्य अवस्था अनुमान गरिएजस्तो जटिल छैन। अत्यधिक ढाड दुखाइका कारण चिकित्सकले हाल हिंडडुल गर्न नदिए पनि उनी सामान्य रूपमा बोल्न सक्ने, सबै कुरा सहज रूपमा सम्झन सक्ने र उपचारप्रति सकारात्मक अवस्थामा रहेका छन्।
सञ्जय बरालले समयमै उपचार सुरु भएकाले निराश हुनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै यम बराल चाँडै स्वास्थ्यलाभ गरेर पुनः सामान्य जीवनमा फर्कने विश्वास व्यक्त गरेका छन्।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
प्रहरी कर्मचारीले वाणिज्य बैंकबाट सहुलियत ब्याजदरमा ५० लाखसम्म कर्जा पाउने
-
सचिन भट्टराईको नयाँ तीज गीत ‘मलाई नेपाल बस्नै मन थिएन, एम्बेसीले भिसा दिएन’ को छायांकन सम्पन्न
-
टप दरबार रोधी क्लबको भव्य उद्घाटन, चर्चित कलाकारको प्रस्तुतिमा झुमे अतिथिहरू