काठमाडौं । गायक तथा सर्जक रायन बस्यालको शब्द, संगीत, कथा र निर्देशनमा तयार भएको लोकदोहोरी गीत ‘मदनले झैँ मुनालाई’ सार्वजनिक गरिएको छ।
सुष्मा लोहनीको प्रस्तुतिमा सार्वजनिक गीतमा प्रताप दास र सुष्मा लोहनीको स्वर रहेको छ। कृष्ण विक ‘भान्जा’ले संगीत संयोजन गरेको गीतको भिडियोमा रायन बस्याल, सन्जना गुरुङ र सुष्मा लोहनीको अभिनय छ।
गीतको भिडियो राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष तथा गायक कुलेन्द्र विश्वकर्मा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका पदाधिकारी, सञ्चारकर्मी तथा कलाकारहरूको पनि उपस्थिति थियो।
कार्यक्रममा बोल्दै विश्वकर्माले गीतले नेपाली लोकसंगीतको मौलिक पक्षलाई समेट्ने प्रयास गरेको बताए। उनले गीत तथा भिडियो निर्माणमा संलग्न टोलीलाई शुभकामना व्यक्त गरे।
राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले नेपाली लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा यस्ता सिर्जनाको भूमिका महत्त्वपूर्ण रहने धारणा राखे। उनले लोकसंगीतलाई प्रवर्द्धन गर्न सर्जक, सञ्चारमाध्यम र दर्शकबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
निर्माण पक्षका अनुसार गीतमा प्रेम, विछोड र सामाजिक यथार्थलाई कथामार्फत प्रस्तुत गरिएको छ। ‘मदनले झैँ मुनालाई’ विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।
-
कलाकार लोमस शर्माद्वारा लिखित ‘शक्ति’ पुस्तक विमोचन
-
ककनी गाउँपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत खम्बराज राई बिदा भए, तीन वर्षे कार्यकालको योगदानको प्रशंसा
-
जन्मदिनमा फजुल खर्च कटाएर मानव सेवा आश्रमका वृद्धवृद्धालाई भोजन गराइन् गायिका मधु रसाइलीले
-
गोरखाली गायक पारस राज अधिकारीको नयाँ तीज गीत ‘मुस्काउँदा मुसुक्क’ सार्वजनिक
-
विद्यार्थीमा डिजिटल सीप विकास गर्न लुईटेलमा आईसीटी तथा एआई बुटक्याम्प सुरु