logo

शुक्रबार, असार २६ २०८३

kantipurpationlinetv

२०८३ असार २६ शुक्रबार

कसैको पीडामाथि राजनीति नगर्नुस् : गृहमन्त्री सुधन गुरुङ

कसैको पीडामाथि राजनीति नगर्नुस् : गृहमन्त्री सुधन गुरुङ


  • शुक्रबार, असार २६ २०८३
  • 1K
    SHARES

    काठमाडौं: गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको निधनप्रति दुःख व्यक्त गर्दै कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्।

    शुक्रबार प्रतिनिधिसभा बैठकमा गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनबारे उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले सरकारले आफ्नो दायित्वबाट एक इन्च पनि पछि नहट्ने स्पष्ट पारे।

    ‘कसैको पीडामाथि राजनीति नगर्नुहोस्। देश बनाउन सबै सक्रिय बन्नुपर्छ। आफ्नो दायित्वबाट सरकार एक इन्च पनि पछाडि पर्दैन। सरकारले अथक प्रयास गर्दागर्दै पनि गणेश नेपाली आज हामीमाझ हुनुहुन्न। तपाईंहरूले प्रश्न गर्नुभयो, हामीले अन्तिम समयसम्म उपचारका लागि हरसम्भव प्रयास गरेका छौं,’ उनले भने।

    गृहमन्त्री गुरुङले गणेश नेपालीलाई उपचारका लागि भारत पठाउने विषयमा सरकारले गम्भीर पहल गरेको तर चिकित्सकको सल्लाहअनुसार वीर अस्पतालमै उपचार जारी राखिएको बताए।

    ‘मुखले मात्र बोलेर जनताको सेवा हुँदैन, फिल्डमा गएर काम गर्नुपर्छ। मलाई कुनै स्टन्टबाजी गर्ने रहर छैन, म देशको सेवा गर्न आएको हुँ,’ उनले भने।

    सरकारको कामकारबाहीबारे अनावश्यक भ्रम फैलाउन नहुने उल्लेख गर्दै गुरुङले घटना भएको स्थानमा ट्राफिक प्रहरीले नभई काठमाडौं महानगरपालिकाका नगर प्रहरीले ‘ह्विल लक’ लगाएको बताए।

    ‘सरकार कसरी सञ्चालन हुन्छ भन्ने बुझ्न आवश्यक छ। घटना भएको स्थानमा ट्राफिक प्रहरीले होइन, नगर प्रहरीले ह्विल लक लगाएको हो,’ उनले भने।

    गृहमन्त्री गुरुङले गणेश नेपाली प्रकरणको निष्पक्ष छानबिन हुने दोहोर्‍याउँदै दोषी देखिने जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता पनि व्यक्त गरे।


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page