काठमाडौं — राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको सातौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ। ‘लोकदोहोरी व्यवसायीहरूको ऐक्यबद्धता, कला र संस्कृतिको संरक्षण तथा रोजगारीको प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित साधारणसभा शनिबार सोह्रखुट्टेस्थित एन्ड्रोज क्याफे एण्ड रेष्टुरेन्टमा सम्पन्न भएको हो।
संघका अध्यक्ष दिपसागर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष चुडा बहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा संघका पूर्वपदाधिकारी, होटल व्यवसायी, कलाकार, प्रहरी अधिकारी, सञ्चारकर्मी तथा लोकदोहोरी साँझ सञ्चालकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
साधारणसभामा महासचिव नन्द घर्ती मगरले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उपाध्यक्ष दिलु सलामी मगरले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाको आगामी कार्ययोजनाबारे जानकारी गराएकी थिइन्। कार्यक्रममा संस्थाको स्थापना कालदेखि हालसम्मको यात्रा, उपलब्धि, चुनौती तथा आगामी रणनीतिका विषयमा छलफल गरिएको थियो।
साधारणसभाका अवसरमा लोकदोहोरी क्षेत्र तथा संस्थाको विकासमा योगदान पुर्याएका गायक बखानसिंह गुरुङ, गायिका सनम पुर्जा मगर, संस्थापक अध्यक्ष चुडा बहादुर कार्की, पूर्वअध्यक्ष गुणराज खनाल, सुनिल लामिछानेलगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। साथै, नयाँ दोहोरी साँझहरूलाई संघको सदस्यता प्रदान गरिएको संघले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापा मगरले लोकदोहोरी व्यवसायलाई थप व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउन सबै सञ्चालक एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए। उनले सेवा प्रवाहको गुणस्तर सुधार, स्वस्थ व्यवसायिक प्रतिस्पर्धा कायम गर्ने, एकअर्काका कर्मचारी नतान्ने र व्यवसायिक आचारसंहिताको पालना गर्न सबै व्यवसायीलाई आग्रह गरे।
उनले नयाँ बसपार्क क्षेत्रका दोहोरी साँझप्रति दर्शक तथा सेवाग्राहीको आकर्षण घट्नुका कारणको समीक्षा गर्दै आगामी दिनमा सेवा, व्यवस्थापन र वातावरण सुधार गर्नुपर्नेमा जोड दिए। साथै, संघले आगामी दिनमा सदस्य दोहोरी साँझहरूका लागि एकीकृत मेनु तथा अफर कार्ड उपलब्ध गराउने तयारी गरेको जानकारी दिए।
संघले साधारणसभाबाट व्यवसायीबीच आपसी सहकार्य, कला–संस्कृतिको संरक्षण तथा लोकदोहोरी व्यवसायको व्यावसायिक विकासलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
लियो क्लब अफ आबुँखैरेनी सिटीको नयाँ कार्यसमिति चयन, अध्यक्षमा मनोज बास्तोला
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण