लमजुङ । वरिष्ठ लोकगायिका माया गुरुङको सम्मानमा आयोजना हुन लागेको ‘माया गुरुङ सांगीतिक साँझ–२०८३’ लाई सफल बनाउन समाजसेवी, गीतकार तथा राजशान्ति फाउन्डेसनका संस्थापक राजशान्ति सुनारले कुल १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङका अनुसार लमजुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका सुनारले सांगीतिक साँझका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन्। प्रतिष्ठानले उनलाई कार्यक्रमका पहिलो सहयोगी दाताका रूपमा उल्लेख गरेको छ।
यसैबीच, प्रतिष्ठानअन्तर्गत कलाकार कल्याण तथा नेपाली लोकसंस्कृतिको संरक्षणका लागि स्थापना गर्न लागिएको ‘राजशान्ति अक्षय कोष’ का लागि सुनारले थप १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
प्रतिष्ठानका अनुसार उक्त अक्षय कोषबाट प्रत्येक वर्ष लमजुङमा जन्मिएर नेपाली लोकगीत–संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नवप्रतिभा कलाकारलाई सम्मान गरिनेछ। कोष स्थापना भएपछि कलाकार कल्याण र लोकसंस्कृतिको संरक्षणमा दीर्घकालीन योगदान पुग्ने विश्वास प्रतिष्ठानले लिएको छ।
प्रतिष्ठानले सुनारको योगदानलाई आर्थिक सहयोगमा मात्र सीमित नरही नेपाली लोकसंस्कृतिको संरक्षण, स्रष्टाप्रतिको सम्मान तथा कलाकारको भविष्य सुरक्षित बनाउने अभियानप्रतिको महत्वपूर्ण साथका रूपमा व्याख्या गरेको छ।
प्रतिष्ठानले कुल १ लाख ५० हजार रुपैयाँको सहयोगले संस्थाको इतिहासमा नयाँ अध्याय थपिएको उल्लेख गर्दै राजशान्ति सुनारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। साथै, उनको सहयोगले लोकसंस्कृति संरक्षण र कलाकार कल्याणको अभियानमा अन्य शुभेच्छुकलाई समेत प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।

-
यात्रु सेवामा दिनरात खटिँदै गोरखा दरौँदी यातायातका अध्यक्ष दिपक बोहोरा
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय कार्यसमितिमा गोरखाका तीनजना
-
फेसबुक मोनिटाइजेसन : आम्दानीको लोभमा हराउँदै गएको डिजिटल मर्यादा – आबेश कुमार श्रेष्ठ
-
परदेशी नेपालीको मन छुने दशैं गीत ‘दशैं आयो तिहारै आयो’ सार्वजनिक
-
दसैँ मनाउन घर फर्किनेको लर्को, नयाँ बसपार्कदेखि कलंकीसम्म चहलपहल