लमजुङ । वरिष्ठ लोकगायिका माया गुरुङको सम्मानमा आयोजना हुन लागेको ‘माया गुरुङ सांगीतिक साँझ–२०८३’ लाई सफल बनाउन समाजसेवी, गीतकार तथा राजशान्ति फाउन्डेसनका संस्थापक राजशान्ति सुनारले कुल १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति लमजुङका अनुसार लमजुङ घर भई हाल बेलायतमा बसोबास गर्दै आएका सुनारले सांगीतिक साँझका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका हुन्। प्रतिष्ठानले उनलाई कार्यक्रमका पहिलो सहयोगी दाताका रूपमा उल्लेख गरेको छ।
यसैबीच, प्रतिष्ठानअन्तर्गत कलाकार कल्याण तथा नेपाली लोकसंस्कृतिको संरक्षणका लागि स्थापना गर्न लागिएको ‘राजशान्ति अक्षय कोष’ का लागि सुनारले थप १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
प्रतिष्ठानका अनुसार उक्त अक्षय कोषबाट प्रत्येक वर्ष लमजुङमा जन्मिएर नेपाली लोकगीत–संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने नवप्रतिभा कलाकारलाई सम्मान गरिनेछ। कोष स्थापना भएपछि कलाकार कल्याण र लोकसंस्कृतिको संरक्षणमा दीर्घकालीन योगदान पुग्ने विश्वास प्रतिष्ठानले लिएको छ।
प्रतिष्ठानले सुनारको योगदानलाई आर्थिक सहयोगमा मात्र सीमित नरही नेपाली लोकसंस्कृतिको संरक्षण, स्रष्टाप्रतिको सम्मान तथा कलाकारको भविष्य सुरक्षित बनाउने अभियानप्रतिको महत्वपूर्ण साथका रूपमा व्याख्या गरेको छ।
प्रतिष्ठानले कुल १ लाख ५० हजार रुपैयाँको सहयोगले संस्थाको इतिहासमा नयाँ अध्याय थपिएको उल्लेख गर्दै राजशान्ति सुनारप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। साथै, उनको सहयोगले लोकसंस्कृति संरक्षण र कलाकार कल्याणको अभियानमा अन्य शुभेच्छुकलाई समेत प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।

-
आर्थिक वर्षको पहिलो दिनबाटै एक्सनमा उत्रिए सहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठ, १७ योजना कार्यान्वयनमा
-
‘नोट हजारको’ लिएर आए बसन्त लम्साल र शान्तिश्री परियार
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण