logo

शनिबार, साउन १६ २०८३

kantipurpationlinetv

२०८३ साउन १६ शनिबार

निशा गुरुङ र लुमा केसीको ‘तन्नेरीले आँखा लाएको’ तीज गीत चर्चामा

निशा गुरुङ र लुमा केसीको ‘तन्नेरीले आँखा लाएको’ तीज गीत चर्चामा


  • शनिबार, साउन १६ २०८३
  • 1K
    SHARES

    काठमाडौं । गायिका निशा गुरुङ र लुमा केसीको संयुक्त स्वरमा सजिएको नयाँ तीज गीत ‘तन्नेरीले आँखा लाएको’ सार्वजनिक भएको केही दिनमै दर्शक–श्रोतामाझ लोकप्रिय बन्दै गएको छ। युट्युब, टिकटक तथा विभिन्न सामाजिक सञ्जालमा गीतका शब्द, भाका र भिडियोले उल्लेखनीय चर्चा बटुलिरहेको छ।

    तीज पर्वलाई लक्षित गरी तयार गरिएको गीतमा उमेर पुगेका दुई युवती र उनीहरूप्रति तन्नेरीको आकर्षणलाई केन्द्रमा राख्दै मनोरञ्जनात्मक शैलीमा कथा प्रस्तुत गरिएको छ। मौलिक तीजको स्वाद, समसामयिक विषयवस्तु र आकर्षक प्रस्तुतिको संयोजनले गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको छ।

    गीतमा राजु केसीको शब्द, चर्चित गायक पशुपति शर्माको लय तथा शिव कनमौजेको संगीत संयोजन रहेको छ। मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा सागर बाजुराली रेकर्डिस्ट तथा खड्क बाजुरालीले मिक्सिङ र मास्टरिङ गरेका हुन्।

    गीतको म्युजिक भिडियोमा गायिका निशा गुरुङ, लुमा केसी र बबिन सिंह ठकुरीको अभिनय रहेको छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका हुन् भने करण चैसिरको छायांकन र प्रविन भट्टको सम्पादन रहेको छ।

    गीत लुमा केसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक भएको छोटो समयमै गीतले सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ भने तीज गीतप्रेमीमाझ यसको लोकप्रियता निरन्तर बढ्दै गएको छ।

    यसअघि लुमा केसीको स्वरमा सार्वजनिक भएको ‘नहेर टुलुटुलु’ गीतले पनि राम्रो सफलता हासिल गरेको थियो। त्यस्तै गायिका निशा गुरुङका ‘तीनढिके फुली’, ‘यूके लन्डनको’, ‘सिंगापुर मलाय’, ‘पुर्ख्यौली गाउँ’, ‘माया रिमै’ र ‘वीर गोर्खाली लाहुरेको तकमा छ’ लगायतका गीतहरू पनि दर्शक–श्रोतामाझ लोकप्रिय रहँदै आएका छन्।

    ‘तन्नेरीले आँखा लाएको’ले मौलिक तीज गीतको स्वादलाई आधुनिक प्रस्तुतिसँग जोड्दै यस वर्षको तीजमा दर्शक–श्रोताको रोजाइ बन्ने संकेत देखाएको छ।

    हेर्नुहोस् पुरा म्युजिक भिडियोः

     


    प्रतिक्रिया दिनुहाेस्
    सम्बन्धित

    Copyright © All right reserved to kantipurpati.com Site By :TriTech

    You cannot copy content of this page