काठमाडौं । लोकदोहोरी गायिका भूमिका गिरीको नयाँ तीज गीत ‘दिम्की नदिम’ यस वर्षको हरितालिका तीजमा सर्वाधिक चर्चित गीतमध्ये एक बनेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले टिकटक, युट्युब र अन्य सामाजिक सञ्जालमा उल्लेखनीय लोकप्रियता हासिल गर्दै दर्शक–श्रोताको रोजाइमा पर्न सफल भएको हो।
‘स्टेज क्विन’का रूपमा परिचित भूमिका गिरीले यस वर्ष तीजलाई लक्षित गर्दै सार्वजनिक गरेको उक्त गीतले मौलिक तीजको स्वादलाई आधुनिक प्रस्तुतिसँग संयोजन गरेको छ। आकर्षक शब्द, लय र नृत्य प्रस्तुतिका कारण गीतले छोटो समयमै व्यापक चर्चा बटुलेको छ।
गीत सार्वजनिक भएयता टिकटकमा यस गीतमा आधारित लाखौँ भिडियो निर्माण भइसकेका छन् भने युट्युबमा पनि १० लाखभन्दा बढी भ्युज प्राप्त गर्दै लोकप्रियताको उचाइ चुमिरहेको छ। व्यावसायिक रूपमा समेत गीतले उत्साहजनक सफलता हासिल गरेको छ।
गीतले अपेक्षाभन्दा धेरै माया पाएको भन्दै गायिका भूमिका गिरीले दर्शक–श्रोताप्रति आभार व्यक्त गरेकी छन्। दर्शकको निरन्तर साथ र सकारात्मक प्रतिक्रियाले आफूलाई थप उत्कृष्ट सिर्जना गर्न प्रेरणा मिलेको उनले बताएकी छन्।
गीतमा ऋषि खड्काको शब्द तथा लय रहेको छ भने म्युजिक भिडियोको निर्देशन विनोद भण्डारीले गरेका छन्। भिडियोमा जुना विश्वकर्मा र डोना थापा मगरको आकर्षक नृत्य प्रस्तुत गरिएको छ।
पछिल्ला वर्षहरूमा लगातार चर्चित तीज गीत प्रस्तुत गर्दै आएकी भूमिका गिरीको ‘दिम्की नदिम’ यस वर्ष पनि दर्शक–श्रोतामाझ उल्लेखनीय रूपमा लोकप्रिय बनेको छ। गीतले सामाजिक सञ्जालदेखि सांगीतिक मञ्चसम्म व्यापक चर्चा बटुलिरहेको छ।
-
बेरुजू आउनु भनेको सबै भ्रष्टाचार होइन : आँबुखैरेनी अध्यक्ष चुमान
-
गोरखाका किरण ढकाल राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको सचिवमा चयन
-
तीजको मौलिक कोसेली ‘नाच्ने आजै हो’ सार्वजनिक, परम्परागत संस्कृतिको सुन्दर चित्रण
-
चाँगुनारायणमा स्वास्थ्य संस्था र फार्मेसीको संयुक्त अनुगमन, नियमविपरीत सञ्चालनमा कारबाहीको चेतावनी
-
प्राङ्गारिक मलको प्रयोग बढाउन कृषिमन्त्री किसानको खेतमै